तुलसीपुर,फागुन २९ । सुरक्षित सार्वजनिक स्थल निमार्णका लागि परम्परागत पितृसत्तात्मक सोचको अन्त्य हुनुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन ।
आइतवार महिला मानव अधिकार रक्षक सञ्जाल दाङ र ओरेक दाङको संयुक्त आयोजनामा भएको सुरक्षित सार्वजनिक स्थल निमार्णका लागि सरोकारवालाहरुको भुमिका विषय अन्तरक्रिया कार्यक्रम उनीहरुले पितृसत्तात्मक सोचको अन्त्य नभएसम्म सार्वजनिक स्थल सुरक्षित नहुने धारणा राखे ।
श्रमिक महिला दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा उनीहरुले सार्वजनिक स्थललाई सुरक्षित बनाउन सचेतनाको आवश्यक रहेको पनि बताए ।
महिला मानव अधिकार रक्षक रञ्जाल दाङका अध्यक्ष सुसिला पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सञ्चालका संस्थापक अध्यक्ष वर्तमान सल्लाहाकार लक्ष्मी आचार्यले समुदायमा विद्यमान पितृसत्तात्मक सोच र व्यवहार अझै कायमै रहेको बताउँदै यसलाई चिर्नका लागि सरोकारवालाहरुले नै परिवर्तनको सुरुवात गर्नुपर्ने बताइन ।
हरेक क्षेत्रमा महिलाहरु सुरक्षित र स्वतन्त्र भएमा मात्र सुरक्षित सार्वजनिक स्थल निमार्ण गर्न सकिने उनको भनाई छ ।
त्यस अवसरमा अधिकारकर्मी सुस्मा गिरीले महिलाको अधिकारका लागि बनेका कानुनहरु फितलो हुदाँ हरेक क्षेत्रमा महिलाले हिंसा खेप्नुपरेको तर्क गरिन ।
अझैपनि नेतृत्व तहमा महिलाको सहभागीता न्युन रहेको बताउँदै उनले आफ्नो अधिकारका लागि महिलावादी अभ्यासको सुरुवात गर्नुपर्नेमा जोड दिइन ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका न्यायीक समिति सदस्य यमुना शाह,अधिकारकर्मी जानका रेग्मी,फेडोका जिल्ला अध्यक्ष युवा कराराले हरेक क्षेत्रमा महिलाको काम अनुसारको सम्मान र मुल्याङ्क हुनुपर्नेमा जोड दिए ।
संविधानले नै छुट्याएको महिलाको आरक्षण कोटामा समावेश नगराउने र महिलालाई दोश्रो दर्जामा राख्ने पुरुषवादी प्रवृतिको अन्त्य गर्न हरेक महिला संम्वेदनशिल बन्न जरुरी रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय अपागंता महासघं दाङका अध्यक्ष देवा डाँगी,जेष्ठ नागरिक समाजका अध्यक्ष खुमानन्द अधिकारी लगाएतले सामाजिक दृष्टिकोण परिवर्तन नभएसम्म सार्वजकि स्थललाई सुरक्षित बनाउन नसकिने पनि बताए ।
कार्यक्रममा अबधारणा प्रस्तुत गर्दै ओरेक दाङका कार्यक्रम संयोजक सुस्मा छिनालले महिलाको श्रमको पहिचान,मान्यता एवं रोजाईको काम गर्न पाउने अधिकारका लागि महिला दबाब अभियानको सुरुवात गरेको जानकारी दिइन ।
श्रमजिवि महिला,महिला मावन अधिकार रक्षकहरु,महिलावादीहरु र मानव अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न सघं सस्थाहरु सहकार्यमा ओरेक दाङले श्रमको पहिचान,मान्यता रोजाईको काम गर्न पाउने अधिकार,विभेद दुव्र्यवहारमुक्त कार्यस्थल एवं शरिरमाथी आफ्नो अधिकार भन्ने मुल नारा सहित दबाब अभियान सुरु गरेको बताइन ।
उनका अनुसार महिलाको श्रमको सम्मान गर्न नितिगत व्यवस्था तथा विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन र संसोधनका लागि पैरवी गर्ने,श्रमिक महिलाहरुको पहिचानका लागि अभिमुखीकरण प्रणालीको व्यवस्था गर्न राज्यलाई दवाव दिने,महिलाले गर्ने हरेक क्षेत्रको सेवामुलक श्रम र उत्पादनशील काम हो भनी आम सचेतिकरण गर्ने,महिलाको आफ्नो शरिर माथीको अधिकार र रोजाईको कामलाई सुनिश्चित गर्न दवाव सिर्जना गर्ने मुख्य उद्देश्यले अभियानको सुरुवात गरिएको हो ।
ओरेक दाङका जिल्ला संयोजक इश्वरी थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महिला मानव अधिकार रक्षक सञ्जालका सचिव पद्यमा चौधरीले गरेकी थिइन ।