२०८१ चैत्र ६ गते बुधवार

केशब सापकोटा नेकपा एसमा लागेपछि एमालेले साधारण सदस्यसमेत नरहने गरि निश्कासन गरेको बिज्ञप्ती

तुलसीपुुर, फागुन २७ । नेकपा एमाले दाङले नेता केशव सापकोटालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निस्कासित गरेको छ ।


जिल्ला सचिव मनोहर बुढाथोकीले फागुन २६ गते जारी गरेको प्रेस बिज्ञप्तीमा सापकोटाले पार्टीहित विपरित कार्य गरेको उल्लेख गरेका छन् ।


फागुन २८ गते हुन गइरहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा सापकोटा लोकतान्त्रिक संयुक्त प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

लोकतान्त्रिक प्यानलमा नेकपा माओबादी केन्द्र, नेकपा (एकीकृत समाजबादी) लगाएतका सत्ता साझेदार दलहरुको गठबन्धन रहेको छ ।


पछिल्लो समय सापकोटा नेकपा (एकीकृत समाजबादी)मा आवद्ध भएको स्पष्ट भएको छ । त्यसैले सापकोटालाई एमाले दाङले निस्कासन गरेको हो ।


शनिबार हुने खानेपानीको चुनावका लागि नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक संयुक्त प्यानल र नेकपा एमाले नेतृत्वको संयुक्त प्यानल निर्वाचनमा टिमसहित प्रतिपर्धामा उत्रिएका छन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *