२०८३ असार ७ गते आइतवार

घोराहीमा झाडीमा लुकाएका ६ वटा भरुवा बन्दुक बरामद


तुलसीपुर , असार ७ ।
दाङको घोराहीमा झाडीमा लुकाएर राखेको अवस्थामा ६ वटा लोडेड भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

घोराही उपमहानगरपालिका –१ माले सल्लीकोट सामुदायिक वनको झाडीमा लुकाइ राखिएको अवस्थामा ६ नाल भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ । ती बन्दुकहरू लोड गरि राखेको अवस्थामा फेला परेका हुन ।
घटनास्थलमा करिब चार सय ग्राम बारुद, ३३ वटा केप, १३ वटा फलामका गोली र २ बट्टा सलाई समेत फेला परेको प्रहरीले जनाएको छ । बरामद ती बन्दुक र सामाग्री कस्ले र किन लुकाएर झाडीमा राखेको हो ? भन्ने बिषयमा अनुसन्धान भइ रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ असार ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *