तुलसीपुर, असोज २४ । बालुवा गिट्टी ओसार्न दिने सर्तमा ट्रयाक्टर ब्यबसायी संग एक लाख बढी घुस खाएको उजुरी पछि तुलसीपुर क्षेत्रमा कार्यरत सबै घुमुवा (साधा पोशाकका प्रहरी) फेरि जिल्लामा तानिएका छन्
स्रोतका अनुसार चार÷ पाँच जना जति ट्रयाक्टर ब्यबसायीबाट बालुवा गिट्टीको अबैध तस्करी गर्ने दिने सर्तमा केही घुमुवा प्रहरीले एकलाख बढी असुलेका थिए ।
जिल्लाको उच्च प्रहरी नेतृत्वको नाम गलत ढंगले भजाएर आँफूहरु संग रकम असुलेको ब्यबसायीको मौखिक गुनासोको आधारमा उनीहरुमाथि अनुसन्धान गर्न भनेर जिल्ला प्रहरी कार्यालय घोराहीमा तानिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।
ती प्रहरी अधिकारीले कसुर पुष्टि भए बिभागिय कारबाहीदेखि जागिरबाटै निकाल्ने सम्मको कारबाही हुन सक्ने संभावना रहेको बताए ।
तुलसीपुर क्षेत्रबाट यसअघि पनि सर्वसाधारणको गुनासोको आधारमा घुमुवा प्रहरीलाई जिल्ला तानेर बिभागिय कारबाही गरिएको ती प्रहरी अधिकारीले जानकारी दिए ।
नयाँ प्रहरी प्रमुखको रुपमा एसपी सुरेश काफ्ले जिल्लामा आएपछि गलत काम गर्नेहरुलाई धमाधम कारबाही सुरु गरिएको ती प्रहरी अधिकारीले बताए ।