२०८३ असार २७ गते शनिवार

प्यूठानमा बिद्युत ब्यबस्थापन बिनै अक्सिजन प्लान्ट उद्धाटन

प्यूठान,असोज २४ । प्यूठान अस्पतालमा निर्माण गरिएको अक्सिजन प्लान्टमा विद्युत आपूर्ति हुन सकेको छैन्। प्लान्टको भने विद्युत व्यवस्थापनबिना नै उद्घघाटन गरिएको छ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री, प्यूठान प्रदेश (ख) का सांसद समेत रहेका कृष्णध्वज खड्काले प्लान्टको उद्घघाटन गरेका हुन ।

प्यूठान अस्पताल परिसर भित्रै अक्सिजन प्लान्ट स्थापना गरिएको हो। प्लान्टमा थ्री फेज विद्युत तथा ट्रान्समिटर पुग्न सकेको छैन्। जेनेटर राखी आवस्यक अक्सिजन आपूर्ति गरिँदै आएको प्यूठान अस्पतालले जनाएको छ।

विद्युत पोल व्यवस्थापन गर्ने विषयमा स्थानीय स्तरमा केहि विवाद देखिएको छ।

‘हाइटेन्सन लाइन कसरी लग्नेबारे स्थानीय स्तरमा छलफल गर्दैछौं।’ प्यूठान नगरपालिकाका नगर प्रमुख कक्षपतिले भने, ‘समस्या समाधानका लागि नगरपालिकाले सहजिकरण गर्नेछ।’

जिल्लामा कोरोना संक्रमितहरुको उपचारमा सहजताका लागि करिब ६ महिना पहिला तात्कालिन केन्द्र सरकारले अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड बजेट व्यवस्थापन गरेको थियो भने प्लान्ट राख्ने भवन निर्माणका लागि तात्कालिन ग्रामिण तथा शहरी विकास मन्त्रालयबाट १० लाख रुपैयाँ बजेट व्यवस्थापन भएको थियो।

प्लान्टको पूर्व ग्रामिण तथा शहरी विकास मन्त्री हरिप्रसाद रिजालले सिलान्यास गरेका थिए।

प्रकाशित मिति : २०७८ असोज २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *