तुलसीपुर,असोज २० । तुलसीपुर उपमहानगरपालिका कार्यालयमा नयाँ प्रमुख प्रशासकिय अधिकृत आउन लागेका छन ।
रोल्पा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा काम गरेका मोहोन पौडेल तुलसीपुरमा प्रमुख प्रशासकिय अधिकृतका रुपमा आउन लागेको सुचना अधिकारी बाबुराम पौडेलले जानकारी दिए ।
तुलसीपुरको बिजौरी निवासी पौडेल उपसचिव हुन । उनी बुधवार तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा आउन लागेका हुन ।
यस अघि लामो समय देखी निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा काम गरेका भाष्करराज गौतमले अवकाश लिएपछि अहिले कृषि शाखा प्रमुख धनराज गौतमले निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन ।
प्रकाशित मिति : २०७८ असोज २० गते बुधवार