२०८१ चैत्र ४ गते सोमवार

दूर्घटनाका घाइते शान्तिनगरका खड्काको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु 

तुलसीपुर, भदौ २६ । ट्याक्सीको ठक्करबाट घाइते भइ उपचारका लागि नेपालगञ्ज लगिएका पश्चिम दाङका एक ब्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।

शान्तिनगर गाउँपालिका वडा नं.१ का  ४८ बर्षीय रुद्रबहादुर खड्काको नेपालगञ्जस्थित नरसिंह होममा उपचारका क्रममा शनिवार दिउँसो सवा १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले फरककोणलाई बताए ।

शनिबार बिहान साढे ८ बजेतिर शान्तिनगर ५ खैरेनीको बागमारेबाट तिलवारी तर्फ जाँदै गरेको रा ५ प ३१३४ नम्बरको मोटरसाईकलमा सवार खड्कालाई हापुरेबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ज ८०५ नम्बरको ट्याक्सीले ठक्कर दिएको थियो ।

उक्त दूर्घटनामा परि मोटरसाईकलको पछाडि सवार शान्तिनगर १ कै ६७ बर्षीय नरबहादुर वलीपनि गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार उनको ढाड र बाँया खुट्टामा चोट रहेको छ । वलीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरीले ट्याक्सी र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : २०७८ भाद्र २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *