२०८१ असार ३ गते आइतवार

अपागंता मैत्री समाज निमार्ण गर्न अपागंता मैत्री संरचना आवश्यक ः नेपाली

तुलसीपुर,भदौ ८ । राप्ती बहिरा संघ दाङको २२ औँ वार्षिक साधारण सभा तथा १० औँ अधिवेशन मंगलबार भएको छ ।

‘समावेसी समाज मुल अभियान,सांकेतिक भाषा हाम्रो पहिचान’ भन्ने नाराका साथ तुलसीपुरमा कार्यक्रम भएको हो ।

त्यस कार्यक्रमका बक्ताहरुले अपांगता भएका व्यक्तिहरूलाई समाजको मूलधारमा समावेश गर्न भौतिक संरचनामा उनीहरूको पहुँचलाई सहज बनाउनु पर्ने जोड दिए ।

उनीहरुले अपागंता मैत्री समाज निमार्ण गर्न अपागंता मैत्री संरचनासगै सकारात्मक सोचको खाँचो औंल्याए ।

कार्यक्रमलाई सम्बाधेन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति दाङका संयोजक जितेन्द्रमान नेपालीले अपागंता भएका व्यक्तिहरुको पहुँच अभिबृद्धिका लागि सबैक्षेत्र अपागंमैत्री हुनुपर्ने बताए ।

सुस्तश्रबन तथा अपागंता भएका व्यक्तिहरु आफ्नो अधिकारका लागि थप संगठित रुपले लाग्नुपर्नेमा उनको जोड थियो ।

मानव अधिकार सबै व्यक्तिहरुका लागि समान भएकाले अपागं व्यक्तीहरुले अधिकारका लागि आवाज उठाउन जरुरी रहेको नेपालीको कथन छ । सबैले अशक्त र अपागंता भएका व्यक्तिहरुलाई सहयोग गर्नु मानविवय धर्म हुने नेपालीले बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले अपागं मैत्री उपमहागरपालिका बनाउन रणनीतिक योजना बनाएको बताइन ।

राष्ट्रिय अपागं महासघं लुम्बिनी प्रदेशका अध्यक्ष देविद्धत्त आचार्यले मानिसको जन्मपछि मृत्यु नहुन्जेलसम्म जुनसुकै बेलापनि अपागंता हुन सक्ने भन्दै सबैभन्दा पहिले अपागंता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टि परिवर्तन गर्न आवश्यक रहेको तर्क गरे ।

बहिरा तथा अपागंता भएका बालबालिकाहरुको शिक्षा पहुँच अभिबृद्धी गर्न स्थानीय सरकारले खासै चासो नदिएको भन्दै उनले उनीहरुको शिक्षाका लागि बैकल्पिशिक्षा पद्धतिको बिकास गर्न आग्रह गरे ।

कार्यक्रममा अपागंता भएका व्यक्तिहरुलाई कृतिम अगं अन्तर्गत ६ जनालाई खुट्टा र ५ जनालाई ५ वटा अर्थोपेडिक जुत्ता हस्तान्तरण गरिएको थियो ।

तुलसीपुर उपमहानगरपालिका र डेक नेपाल बाँकेको आर्थिक सहयोगमा ती सामाग्री प्राप्त भएको राप्ती बहिरा सघंका निर्देशक प्रतिमा शर्माले बताइन ।

सघंले यसअघि एलेष्टिक,ह्वीलचियर,सेतो छडी लगाएतका सहयोगी सामाग्रीहरु सहयोग गरेको उनले जानकारी दिइन ।

राप्ती बहिरा सघंका अध्यक्ष अजयकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा महिला अधिकारकर्मी सुष्मा गिरी,अपागं समाज सुधार केन्द्रका अध्यक्ष हुमाकान्त कंडेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण सघंका सचिव देवा डाँगीले गरेकी हुन ।

 

 

प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *