बुटवल,भदौँ १ । लुम्बिनी प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले विशेष सम्बोधन गर्ने कार्यसूच तयार भएको छ ।
प्रदेश सभा सचिवालयको कार्यसूचि अनुसार आजदेखि शुरु भएको नवौं अधिवेशनको पहिलो बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् विभाजनसम्बन्धी पत्र सभामुखले पढेर सुनाएपछि मुख्यमन्त्री केसीले सम्बोधन गर्नेछन् ।
त्यस्तै आज बैठकमा दुई वटा अध्यादेश पेश हुने कार्यसूचि रहेको छ । मुख्यमन्त्री केसीले प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश गर्ने छन् ।
प्रदेश पदक ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको प्रतिवेदन प्रदेश मामिला तथा कानून समितिका सभापति दामा कुमारी शर्माले पेश गर्ने कार्यसूचि बनेको छ ।
बैठकको कार्यसूचि तय भएपनि १ बस्ने भनिएको प्रदेश सभा बैठक अझै शुरु भएको छैन। कांग्रेस सचेत निर्मला क्षेत्रीले दलहरुबीच छलफल चलिरहेकाले अझै बैठक शुरु हुन नसकेको जानकारी दिइन् ।