२०८१ चैत्र ३ गते आइतवार

नमूना राजधानी र गर्व गर्न लायक प्रदेश बनाउने सपना अधुरो रह्यो- पोखरेल

काठमाडौं,साउन २७ । बुधबार मात्रै लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेलले प्रदेशको साझा मनोवैज्ञानिक स्थापित गर्ने र गर्व गर्न लायक प्रदेश राजधानी बनाउने आफ्नो सोच अधुरै छोड्न बाध्य भएको बताएका छन्।

राजीनामा पछि प्रदेश मन्त्रालयका सचिवसँग आफ्नो कार्यकालमा गरेका कामबारे जानकारी गराउँदै पोखरेलले अगाडि सारिएका योजना पूरा गर्न नयाँ बन्ने सरकारलाई सघाउन आग्रह गरे।

झमुख्यमन्त्रीका रूपमा प्रदेशमा अगाडि सारिएका अधिकांश योजना पूरा गर्न सफल भए पनि नमूना र गर्व गर्न लायक प्रदेश बनाउने योजना बिचमै रह्यो,उनले भने।

पोखरेलले प्रदेश विश्वविद्यालय बनाउन बाँकेको खजुरामा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको र त्यसलाई पनि पूरा गर्न नसकेको बताए।

‘प्रदेशमा लगानी सम्मेलन गर्ने योजना थियो कोभिडका कारण गर्न सकिएन, आगामी असोज कात्तिकमा गरौंला भनेका थियौं त्यो पनि अधुरै रह्यो, उनले भने।

आफ्नो कार्यकालमा कर्मचारी प्रशासनबाट सकारात्मक सहयोग पाएको उल्लेख गर्दै नयाँ बन्ने सरकारलाई पनि सघाउन आग्रह गरे।

प्रकाशित मिति : २०७८ साउन २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *