तस्बिर : सामाजिक सञ्जाल ।
तुलसीपुर,साउन २६ । वर्षौ पहिलेदेखि प्रयटकिय स्थलको रुपमा निकै चर्चामा रहेको ‘ऐतिहासिक हात्तीढुंगा’ भत्किएको छ ।
माटोको ढिस्कोको माथीबाट हात्ती जस्तै देखिने हात्ती ढुगांको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड लाग्ने गर्दथ्यो ।
टाढाबाट हेर्दा शिवलिगं जस्तो देखिने उक्त स्थानमा कतिपयले शिवलिगं नै मानेर पुजा पनि गर्ने गर्दथ्ये ।
तर स्थानिय तहले संरक्षणमा चासो नदिदा उक्त पर्यटकिय स्थल जिर्ण बन्दै गएको थियो ।
दाङको पर्यटकीय केन्द्रको रुपमा चर्चामा रहेको वर्षौ पुरानो हात्तीढुगाँ भत्किएपछि स्थानियवासीले दुःख व्यक्त गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ को ड्वाङ्पुरमा रहेको ऐतिहासिक हात्ती ढुंगा संरक्षणको अभाबले भत्किएको भन्दै स्थानियवासीले आक्रोस पनि पोखे ।
लगातार परेको अविरल बर्षातका कारण मंगलबार बिहान ९ बजेतिर जरैदेखि उक्त ढुगां भत्किएको हो ।
पर्यटकिय स्थल हात्तीढुङ्गाले आफ्नो पहिचान गुमाएको वडा नं १४ का अध्यक्ष पर्शुराम चौधरीले बताए ।
उनका अनुसार त्यस ठाउँमा अलौकिक शक्तिको रुपमा माटोको ढिस्कोमा ठुलो ढुंगा रहेको हुँदा पछिल्लो समय आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दै गएकोे थियो ।
सोही अनुरुप वडा र उपमहानगरपालिकाबाट त्यसको संरक्षणका गुरुयोजना बनाउने तयारी गरिएको थियो ।
तर पहिचान नै मेटिनेगरी लामो समयदेखि रहेको ढुगां भत्किएपछि सो स्थानलाई अब कसरी चिनाउने भन्ने सबैको चिन्ताको विषय बनेको छ ।
पहिलोको तस्बिर।