काठमाडौं, साउन ८ । गण्डकी प्रदेश सरकारमा नेपाली कांग्रेसका तीन मन्त्रीको टुंगो लागेको छ।
पार्टीभित्र मन्त्रालय भागबण्डामा विवाद हुँदा मन्त्रिपरिषद् विस्तार रोकिएको थियो। कांग्रेसले सामाजिक विकास मन्त्रीमा मेखलाल श्रेष्ठलाई मन्त्री बनाउने भएको छ। उनी स्याङ्जाबाट समानुपातिक सांसद बनेका हुन्। जेठ २९ मा उनले प्रहरीसँग अभद्र व्यवहार गर्दा विवादित बनेका थिए।
बागलुङका मणिभद्र शर्माले पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी पाएका छन्। पोखराका विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन्।
मन्त्री बनेका तीनै जना संस्थापन ९पार्टी सभापति शेरबहादुर देउवा० पक्षका हुन्। यसअघि सामाजिक विकास मन्त्री बनेका कुमार खड्कालाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ।
माओवादी केन्द्रले आफ्नो तर्फबाट रामजी बराल, दीपक चर्ती मगर र चन्द्रबहादुर बुढालाई मन्त्री बनाउने निर्णय बिहीबार नै गरेको थियो।