
दाङ, साउन ५ । जिल्लाको तुलसीपुरसहित चारवटा पालिकामा नौं हजार बाँस रोपिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाका दूई वटा, जिल्लाको घोराही उपमहानगरपालिकाका ६ वटा, बबई गाउँपालिका तीन वटा र दंगिशरणका गाउँपालिकाका एउटा सामुदायिक वन क्षेत्रमा बाँस रोपिएको छ ।
प्रति दूई मिटरको दुरीमा करिव १९ किलोमिटर क्षेत्रमा बाँस रोपिएको डिभिजन वन कार्यालय दाङले जानकारी दिएको छ ।
एक किलोमिटरमा करिव पाँच सय बाँस रोपिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए ।
उनका अनुसार तारबाससहित यो बर्ष नौं हजार बाँस रोपिएको हो । ती बाँसका गाना खरिद, संकलन र ढुवानी खर्च वापत प्रति राइजोम ९बाँसको गाना० दूई सय रुपैंया डिभिजन वन कार्यालयले बाँस रोप्ने सामुदायिक वन समूहलाई प्रदान गरेको छ ।
दाङका १२ वटा सामुदायिक वन क्षेत्रको करिव १९ किलोमिटर क्षेत्रमा बाँस रोपिएको सूचना अधिकारी केसीले जानकारी दिए । लुम्विनी प्रदेश सरकारको प्राथमिकता प्राप्त कार्यक्रम अन्तगत दाङको उच्च जोखिम क्षेत्रमा बाँस रोपिएको हो ।
सूचना अधिकारी केसीले बढ्दो वन क्षेत्र अतिक्रमण नियन्त्रण गर्दै वन क्षेत्रको नजिकमा हुने मानव वन्यजन्तु द्धन्द्ध कम गर्न बाँस रोप्ने अभियान चलाइएको जानकारी दिए ।
बाँस चाडै हुर्कने हँुदा वन र बस्ति बीचको स्थायी सीमाको काम गर्र्ने गर्छ । त्यस्तै बाँस बहुउपयोगी भएकाले किसानहरुले त्यस मार्फत आय आर्जन गर्न सक्ने, वन क्षेत्रको वरिपरिका बस्तिले बर्षेनी आफ्नो सीमा बढाउदै वन क्षेत्र अतिक्रमण गर्ने कार्य न्यूनिकरण हुने आशा गरिएको छ ।
पछिल्लो समय बस्ति नजिकको वन क्षेत्र बर्षेनी अतिक्रमण हुने, बन्यजन्तु मानव बस्तिमा आएर मानवीय र धनजनको क्षती पू¥याउन थालेपछि त्यसको रोकथाममा सहयोग पुगोस भनेर बाँस रोपिएको सूचना अधिकारी केसीले बताए ।
