२०८२ कार्तिक २१ गते शुक्रवार

बाईसियल बाँकेका संयोजक कार्कीकी आमाको हत्या

दाङ, साउन ३ । नेकपा माओबादी केन्द्र निकट वाईसीयल बाँकेका संयोजक आकाश कार्कीकी आमा ८२ बर्षीया काउली कार्कीको हत्या भएको छ ।

कोहलपुर नगरपालिका वडा नं. ११ एकतानगर टोल निबासी काउलीको शनिबार मध्य रातमा सुतकै ओच्छ्यानमा हत्या भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान ओच्छ्यानमै काउलीको टाउकोमा गहिरो घाउ खत लागेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता डिएसपी मधुसुदन न्यौंपानेले जानकारी दिए ।

काउली आफ्ना दूई छोरा बुहारी र छोरी संगै घरमा बस्दै आएकी थिइन ।

दूई छोरा बुहारी र एउटी छोरी अलग÷ अलग कोठामा सुत्ने गरेको प्रहरीले जनाएको छ ।

हत्या पछि काउलीले लगाएको ४ आनाको तिलहरी र करिब ४÷५ हजार रुपैंया लुटेर लगेको भनेर परिवारका सदस्यले बताएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटना अनुसन्धान लागि ४ जना जतिलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । लागु औषध दुब्र्यसनीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

 

 

प्रकाशित मिति : २०७८ साउन ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *