काठमाडौं, साउन ३ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन् ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार संसदबाट विश्वासको मत लिनु भन्दा केही समय पहिला उनले राजीनामा दिएका हुन ।
आइतनबार दिउँसो संसद सचिवालयमा गएर रावलले आफ्नो राजीनामा बुझाएका थिए ।
नेता रावल २०७४ सालमा अछामबाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित ब्यक्ति हुन ।
रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक थिए।
नेकपा एमाले भित्र देउवालाई विश्वासको मत दिने र नदिने बारे तीब्र मतभेद भइरहेको छ ।
बरिष्ठ नेता माधवकुमार नेपालले एक्लै भएपनि देउवालाई विश्वासको मत दिने बताएका छन् भने अध्यक्ष केपी शर्मा ओलीले देउवालाई विश्वासको मत दिनेहरु नेकपा एमालेमा रहन नसक्ने चेतावनी दिएका छन् ।
जसका कारण एमाले फूटको संघारमै पुगेको राजनीतिक बृत्तमा अनुमान गर्न थालिएको छ ।