२०८२ कार्तिक २१ गते शुक्रवार

राप्ती आँखा अस्पतालले सेवा बिस्तार गर्यो, साउनदेखि शनिवार पनि सेवा दिन सुरु

तुलसीपुर,साउन ३ । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित आँखा अस्पतालहरुले दिदै आएका सेवालाई थप बिस्तार गरेको छ ।

राप्ती आखाँ अस्पताल रक्षाचौरले आइतवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि साउन १ गतेदेखि शनिबार बिहान ८ बजेदेखि समेत नियमित सेवा दिन थालिएको जानकारी दिएको हो ।

हालसम्म दिदै आएको सेवालाई थप गर्दै गुणस्तरिए आँखा उपचार सेवा आम नागरिक माझ पु¥याउने उदेश्य अनुरुप अस्पतालले यसै आर्थिक वर्षको भदौ महिनादेखि नगरस्तरिय सिटी क्लिनिक सेवा सञ्चालन गर्न लागेको जानकारी दिएको छ ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य तथा दाङका सभापति कृष्णकुमार गिरीले अस्पतालको फाष्ट ट्रयाक सेवालाई प्रभावकारी बनाउदै साउन १ गतेदेखि सेवा दिन सुरु गरिएको बताए ।

‘साउन १ गतृदेखि शनिवार पनि सेवा दिन सुरु गरेका छौँ,’ उनले भने, ‘नेत्रज्योति संघ अन्तर्गतका ३ वटै अस्पतालहरुमा अबदेखि सातै दिन विहान साढे ८ बजेदेखि सेवा दिइने छ ।’

बिरामीहरुले फोनबाट पनि नाम लेखाउन सक्ने ब्यबस्था गरिएको छ ।

त्यस्तै नेपाल नेत्रज्योति संघका सचिब सुरेन्द्र खड्काले अस्पतालले गरिव तथा विपन्न परिवारलाई लक्षित गरि निशुल्क आँखा उपचार सेवा दिदै आएको जानकारी दिए ।

यसैवर्ष देखि विषेशज्ञ डाक्टरहरु सुरेश रसायली,सन्तोष सुवेदी र ज्योती सापकोटाले क्रमश रेटिना,क्रोनिया र अकुलोप्लाष्टिक क्लिनिक सेवा दिने सचिव खड्काले बताए ।

यसैबीच आइतवार अकुलोप्लाष्टिक क्लिनिक सेवाको उद्धघाटन पनि गरिएको छ ।

उनले अस्पतालको स्तरउन्नतिका लागि तीब्र रुपमा अगाडि बढेको जानकारी दिदै कोभिड–१९ को समयमा पनि निरन्तर बिरामीलाई सेवा प्रदान गरेको दाबी गरे ।

अब राप्ती वासी मात्र होइन रक्षाचौरबाट अन्य जिल्लाका बिरामीलाई पनि बाहिर रिफर गर्नु नपर्ने उनले आशा ब्यक्त गरे ।

अस्पताललाई प्रदेशकै उत्कृष्ट आँखा स्वास्थ्य सेवा दिने अस्पतालहरु बनाउन चाहेको भन्दै सचिव खड्काले त्यसका लागि सबैको सहयोगको खाँचो औंल्याए ।

त्यस्तै कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा संविधानसभा सदस्य बुद्धिराम भण्डारीले आँखा अस्पतालले दिएको सेवाले धेरै नागरिकले पुर्नंजन्म पाएको भन्दै समय अनुकुल सेवा सुबिधा थप्दै लैजानुपर्नेमा जोड दिए ।

कार्यक्रममा अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा।सुलक्ष्मी कटुवालले स्वास्थ्य मापदण्ड अपनाउर्दै बिरामीहरुलाई सेवा दिइरहेको बताइन ।

अस्पतालका प्रशासनिक समितिका संयोजक चिरञ्जिवी रिजालको अध्यक्षतामा कार्यक्रममा अस्पतालका प्रशासक किरण पौडेलले स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रमको सहजिकरण अस्पतालका सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।

३५ बर्षमा ३० लाख ७१ हजार बढीले सेवा लिए
नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित आँखा अस्पतालहरुबाट हालसम्म ३० लाख ७१ हजार ३ सय ८८ जनाले सेवा लिएका छन ।

२०४३ साल देखि २०७८ साल असारसम्म अस्पतालका आँखा उपचार केन्द्रहरुबाट ३० लाख ७१ हजार ३ सय ८८ जनाले सेवा लिएको राप्ती आँखा अस्पताल रक्षाचौरका कार्यक्रम संयोजक एवं नेत्र अधिकृत शालिकराम गौतमले जानकारी दिए ।

उनका अनुसार यो अबधिमा आँखा अस्पताल तथा उपचार केन्द्रहरुबाट २६ लाख २७ हजार ९ सय ६९ जना बिरामीलाई ओपिडी सेवा प्रदान गरिएको छ ।

जसअन्तर्गत राप्ती आखाँ अस्पतालबाट ९ लाख ७७ हजार ३ सय १०, छन्द कालेबाबु नारायणी आखाँ अस्पतालबाट ८ लाख ४१ हजार ४ सय ९५, लमही आखाँ अस्पतालबाट ३ लाख ११ हजार ५ सय १५, आँखा उपचार केन्द्र घोराहीबाट ३ लाख ७५ हजार ७ सय ७४, आँखा ँ उपचार केन्द्र सल्यानबाट ४८ हजार २ सय १३, आँखा उपचार केन्द्र रुकुम पश्चिमबाट ३८ हजार ६ सय ७५, आँखा उपचार केन्द्र रोल्पाबाट ८ हजार ९३, साप्ताहिक रुपमा आँखा उपचार केन्द कोइलाबासबाट २ हजार ३ सय ५९, कृष्णनगर आँखा क्लिनिकबाट २२ हजार ५ सय ३७ र आँखा उपचार केन्द्र रुकुम पुर्वबाट १ हजार ९ सय ९८ जनाले ओपिडी सेवा लिएका छन ।

त्यस्तै बाह्य कार्यक्रमबाट ४ लाख ४३ हजार ४ सय १९ जनाले निशुल्क सेवा लिएका छन । आँखा अस्पताल तथा उपचार केन्द्रहरुबाट १ लाख ५५ हजार १ सय ८३ जनाले सशुल्क शल्यक्रिया (मोतियाबिन्दु) सेवा लिएको नेत्र अधिकृत गौतमले जानकारी दिए ।

उनका अनुसार निशुल्क आँखा शिविरबाट ३७ हजार ६ सय ९९ जनाले सेवा लिएका छन ।

त्यस्तै अस्पतालहरुबाट हालसम्म ३२ हजार ५ सय ७७ जनाले ओपिडी सेवा (कान) लिएका छन ।

 

 

प्रकाशित मिति : २०७८ साउन ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *