तुलसीपुर,असार ३१ । तुलसीपुर उद्योग बाणिज्य संघका महासचिव बिनिल केसीले एक जना बिपन्न परिवारका बालकको उपचारका लागि अस्पतालमै पुगेर दश हजार नगद सहयोग गरेका छन् ।रकम अभावले उपचारमा समस्या भएको खवर पाएपछि महासचिव केसी बिहीबार दिउँसो आँफै राप्ती प्रादेशिक अस्पतालमा पुगेर त्यहाँ उपचाररत १३ बर्षीय अमुराज सुनारको दश हजार नगद सहयोग प्रदान गरेका हुन ।सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. २ दाङबाङका अमुराजको बायाँ खुट्टाको घुँडा सुन्निएको छ ।३५ बर्षीया आमा धनसरीका अनुसार तीन महिना अगाडि अमुराजको देब्रे खुट्टाको घुँडा सुन्निन सुरु भएको थियो ।
महाचिव केसीले आर्थिक साहेता गरेपछि अुमराजको घुँडाको उपचार सुरु भएको छ । उनको घुँडाबाट पिप निकालिएको छ ।धनसरीका अनुसार उनका श्रीमान दूर्गाबहादुर सुनार दोस्रो श्रीमति बिहे गरेर घर छोडी दाङमै कतै बस्दै आएका छन्।उनले आफ्ना श्रीमान कहाँ बस्छन् भन्ने समेत अत्तोपत्तो नरहेको र आफ्नो आय आर्जनको माध्यम केही नभएको बताइन ।
यसरी जुट्यो सुनारलाई उपचार खर्च : बुधबार बेलुका साढे ४ बज्दै थियो । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ बिना सूचना सुटुक्क राप्ती प्रादेशिक अस्पताल पुगे ।अस्पताल भित्र प्रबेश गरेर उनले त्यहाँको अवस्था नियाल्दै अगाडि बढे । जनरल वार्डमा पुगेपछि त्यहाँ बिरामी खचाखच थिए ।
प्रजिअ कुरुम्बाङले एक छिन ढोकाबाट दृष्य नियाले । त्यसपछि भित्र प्रबेश गरे । उनी सुरुमा एक जना महिला कहाँ पुगेर उनी संग कुरा गरे । घर ठेगाना सोधे । कहिले आएको ? उपचार कस्तो छ ? डाक्टर आउँछन् आउँदैनन् भनेर बुझे । उनको बच्चा बिरामी थियो । अवस्था सामान्ने नै देखिन्थ्यो । उनकी आमाले अस्पतालको सेवा सुबिधा बारे राम्रै कुरा गरिन ।
प्रजीअले आफ्नो परिचय खुलाएका थिएनन् । सामान्ने ब्यक्ति जसरी गफिए ।
संगै अर्की एक जना महिला कारुणिक अनुहारका साथ खडा थिइन । हातमा एउटा पाउरोटीको टुक्रा र एउटा स्याउको टुक्रा थियो । प्रजिअले उनी (धनसरी) संग कुरा गर्न थाले । धनसरीका आँखा एकाएक साउने भेल बनेर बगे ।

उनले आँफुले खाना खान नपाएको कुरा एक साशमै ब्यक्त गरिन । पैंशा नभएको हुँदा छोराको लागि एउटा पाउरोटी र एउटा सस्तो खाले स्याउ किनेर ल्याएको बताइन ।‘म संग आज साँझ खाना खानलाई पैंशा पनि छैन,’ धनसरीले रुँदै भनिन् ‘म मेरो छोरोलाई कसरी उपचार गरु ?’ धनसरीले आँफुसंग एम्बुलेन्सलाई तिर्नलाई पैंशा नभएको र लकडाउनका कारण सार्वजनिक सवारी नचल्दा ट्रकमा लिफ्ट मागेर छोरा ल्याएर अस्पताल आएको बताइन ।
‘ मैले कपुरकोटमा प्रहरीलाई हातपाउ जोडी उहाँहरुको मद्दतले छोरालाई ट्रकमा लिएर आएकी हुँ,’ धनसरीले रुँदै भनिन् ‘ ट्रक चालकले म र मेरो छोराको अवस्था देखेर भाडा नै लिनु भएन ।’ अस्पताल ल्याएपछि उपचारका लागि उनले पैंशा नतिरी नहुने अवस्था आयो । तर, पैंशा थिएन ।के गरम ? कसो गरम ? कस्लाई मनको पीडा ब्यक्त गरम भन्ने अवस्थाको आँधीहुरी चरिरहेको समयमा संयोगले प्रजिअ कुरुम्बाङ देवता बनेर अस्पताल पुगे ।
धनसरीको पीडा सुनेर प्रजिअ कुरुम्बाङले उनको छोराको उपचारको लागि सहयोग गर्ने बचन दिएर बाहिरिए । उनको छोरोका स्वास्थ्य लाभको कामना गरे ।यद्यपी अति बिपन्न र गरिब परिवारलाई स्थानीय निकाएको सिफारिसका आधारमा निशुल्क उपचारको सुबिधा सरकारी अस्पतालहरुमा हुने गर्छ ।
असाक्षर धनसरी जस्ताहरुलाई त्यो सबै सेवा सुबिधाबारे कस्ले भनिदिने ? कस्ले जानकारी दिने ? अस्पताल प्रशासनले पनि वडा वा गाउँपालिकाको सिफारिस बिना निशुल्क औषधी गर्न कठिन हुने बतायो ।
प्रअिज अस्पतालबाट निस्कँदै गर्दा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. बिनोद शर्मा सिष्टाचारका लागि आइपुगे । प्रजिअले आँफु अस्पताल निरिक्षण र छड्के चेकजाँचको लागि नभइ अस्पताल कस्तो रहेछ भनेर मात्रै नियाल्न आएको भनेर हाँसी मजाग गरे ।
डा. सिंहले कार्य कक्षमा लैजान र चिया खाएर जान आग्रह गरेपनि प्रजिअ कुरुम्बाङ अर्कौ दिन चिया पिउने वाचा गर्दै नबसेर अस्पतालबाट निस्किए ।संगै रहेको यो पंक्तिकारलाई प्रजिअको आश्वासन बारे चासो नहुने कुरै भएन । किनकी, यस्ता आश्वासन दिने कतिले गरेको बाचा पुरा गर्दैनन् । त्यसैले बिहीबार दिउँसो पंक्तिकारले धनसरीलाई फोन सम्पर्क गरी कुनै सहयोग प्राप्त भए नभएको बुझ्न चाहेपनि उनले फोन उठेन ।
तर, त्यसको केही घन्टा पछि प्रजिअ कुरुम्बाङले आँफै स्ट्याटस राखेर सहयोग गर्ने तुलसीपुर उबासंघका महासचिव लगाएतलाई धन्यबाद ज्ञापन गरेको देखेपछि प्रजिअले धनसरीसंग गरेको बाचा र बाँडेको आश्वासन अरुलाई आग्रह गरेर भएपनि पुरा गरेछन् भनेर विश्वास भयो ।अस्पतालमा भर्ना बिरामीले मात्रै निशुल्क खान खान पाउँछन् । बिरामीका कुरुवाले निशुल्क खाना पाउँदैनन् । तर, प्रजिअ कुरुम्बाङको आग्रहमा अस्पताल ब्यबस्थापन समितिले कुरुवा धनसरीको लागि समेत निशुल्क खाना खान पाउने ब्यबस्था गरिएको छ ।
आफ्नो समेत खानाको प्रबन्ध र छोराको उपचारका लागि बिनिल केसीले दश हजार अस्पताल मै गएर सहयोग प्रदान गरेपछि बल्ल धनसरीको अनुहारमा लागेको अनिश्चयको बादल फाटेको छ ।
अब केही दिनको उपचार पछि उनी छोरा सञ्तो बनाएर घर फर्किने मिठो सपना उनले बुनेकी छन् ।मनमा लाग्यो – यस्ता गरिब दुःखीको आँशु पुछ्नका लागि प्रजिअ कुरुम्बाङ जस्ता दया र मानवताको भावनाले ओतप्रोत अधिकारीहरु फेरि÷फेरि यस्ता अस्पताल पुगे थप यस्ता गूड न्यूजहरु थपिदै जाने छन् ।

