तुलसीपुर,असार ३० । तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का वडा सदस्य रामबहादुर जिसीले असाहय तथा विपन्न वर्गका घरपरिवारलाई खाद्यन्न सहयोग गरेका छन ।
बुधवार एक कार्यक्रमको बिच तुलसीपुर ७ स्थित राजापुर र मोतिपुरका ६ घर परिवारलाई खाद्यन्न सामाग्री सहयोग गरेका हुन ।
कोरोनाको समयमा विपन्न परिवारलाई दैनिक ज्याला गरी छाक टार्न समस्या भएपछि आफुले सामाग्रीहरु सहयोग गरेको उनले बताए ।
उनका अनुसार चामल,दाल,साबुन,तेल,नुन,माक्स लगाएतका सामाग्री सहयोग गरिएको हो ।
सो अवसरमा वडा नं ७ का अध्यक्ष टोपबहादुर केसी, समाजसेबि देबराज न्यौपाने ,हिमु नेपाली र नोखि रावत लगाएतको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति : २०७८ असार ३० गते बुधवार