काठमाडौं, असार ३० । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा माधवकुमार नेपाल र प्रचण्डको बिरुद्धमा चर्को नाराबाजी भएको छ ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली निवास बालकोटमा बुधबार दिउँसो कार्यकर्ताहरूले एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० का बिरुद्ध अस्लिल रुपमा चर्कौ नाराबाजी गरेका हुन ।
ओली आफ्नो निबास पुगेपछि ‘माकुनेलाई फाँसी दे, प्रचण्डलाई फाँसी दे’ भन्दै ओलीका समर्थकहरुले नारावाजी गरेका थिए।
अध्यक्ष ओलीलाई अझै १० वर्ष काम गर्न दिनुपर्ने, जनताको नेता केपी ओली भन्ने जस्ता नाराहरु पनि उनीहरूले लगाएका थिए।
यअसघि एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित २६ जना सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाएका थिए।
उनीहरु सबैले सामुहिक हस्पताक्षर मार्फत सर्वौच्च अदालतमा निवेदन समेत दिएका थिए । त्यसैका आधारमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको थियो ।
त्यसपछि देउवा प्रधानमन्त्री भएका हुन । देउवाले मंगलबार नै प्रधानमन्त्रीको सपथ लिएका थिए ।
त्यसपछि बल्ल ओली बुधबार बिहान साढे ११ बजेतिर सरकारी निबास बालुवाटार छोडेर निजी निवास बालकोट पुगेका हुन ।
समर्थकहरुले बालुवाटार गेटदेखि नै ओलीका पक्षमा नाराबाजी र जुसुल निकालेका थिए ।
उनीहरुले ‘अघि बढ ओली बा, प्राण दिन तयार छौं, केपी ओली हाई हाई’ भन्ने जस्ता नाराहरु लगाएका थिए ।