२०८१ असार ९ गते शनिवार

तुलसीपुर न्यायिक समितिमा ४ वर्षमा ६ सय ४२ वटा मुद्दा दर्ता

जग्गा रोक्काका विवाद बढी

तुलसीपुर,असार २९ । तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिमा हालसम्म ६ सय ४२ वटा मुद्दा दर्ता भएका छन ।

मंगलबार तुलसीपुरमा पत्रकार सम्मेलन गर्दै समिति संयोजक माया आचार्यले समिति स्थापना भएदेखि हाल सम्म ६ सय ४२ वटा मुद्दा दर्ता भएको बताइन ।

ती मध्ये ४ सय ७२ वटा मुद्दा मिलापत्रबाट र निणर्यबाट ५७ वटा फच्यौट गरिएको छ । अब ४३ मुद्दा फच्यौट गर्न बाँकी छन ।

त्यस्तै यस आर्थिक वर्ष २०७७÷०७८ को साउनदेखि असार सम्म समितिमा ९७ वटा मुद्दा दर्ता भएका छन् ।

जसमध्ये ४६ वटा मुद्दा फच्यौट भएका छन । न्यायीक समितिमा दर्ता भएका सबै भन्दा धेरै जग्गा रोक्काका ३६ वटा मुद्दा दर्ता भएका छन ।

त्यस्तै इज्जत अनुसार खान लाउन नदिएको तथा माना चामलका २८ वटा मुद्दा दर्ता भएका छन । जग्गा विवादका १३, ज्याला मजदुरी ३, गाली बेइज्जती ३, कुला पानीका २ र अन्य १२ वटा मुद्दा दर्ता भएका छन् ।

संयोजक आचार्यले लकडाउनको कारण अगाडि नबढेका केही बाँकी मुद्दा अब हेरिने बताइन ।

त्यस्तै न्यायीक समितिमा आर्थिक वर्ष २०७४÷०७५ मा दर्ता भएका ६३ मुद्दा मध्ये ३५ वटा मिलापत्रबाट फच्यौट र ११ वटा निणर्यबाट फच्र्यौट भएका छन ।

त्यस्तै आर्थिक वर्ष २०७५÷०७६ मा दर्ता भएका १ सय १८ मुद्दा मध्ये मिलापत्रबाट १ सय १सय १५ र निणर्यबाट १० वटा मुद्दा फच्र्यौट गरिएको थियो ।

आर्थिक २०७६÷०७७ मा ८४ मुद्दा मध्ये ४४ मिलापत्रबाट र ११ वटा नियर्णबाट फच्यौट गरिएको थियो ।

पछिल्लो समय श्रीमतीवाट पीडित बनेका श्रीमानहरुले पनि मुद्दा दिन थालेको संयोजक आचार्यले बताइन ।

४÷५ वटा पीडित श्रीमानले खान लाउन नदिएको,घर निकाला गरेको रकम हिनामिना गरेको भनेर समितिमा निबेदन दिएको उनले जानकारी दिइन ।

तुलसीपुर न्यायीक समितिले उपमहानगरपालिका अन्गर्तत ५९ वटा मेलमिलापकर्ता सुचिकृत गरेको छ ।

न्याय सम्पादलाई छिटो,छरितो बनाउन भनेर १९ वटै वडामा म्याद तामेलदारको परिचालन गरेको छ । तर, समितिमा केही विवाद मिलापत्र भएपनि बल्झिएर आउने हुनाले मिलापत्रका विवादको कार्यान्वयमा समस्या भएको संयोजक आचार्यले जानकारी दिइन ।

कार्यक्रममा न्यायीक समिति सदस्य यमुना परियारले न्यायको सवालमा कुनै राजनीतिक दवाव प्रवाहमा नपरी निष्पक्ष तरिकाले न्याय प्रवाह गरेको बताइन ।

उनले हिंसा पीडित तथा प्रभावित महिला तथा बालबालिकाका लागि उपमेयर अल्पकालिन महिला सुरक्षा सेवा केन्द्र स्थापना गरेको र न्यायीक समितिको सिफारिसमा १८ जना पिडितलाई सेवाकेन्द्रबाट पुर्नस्थापना समेत गरिएको जानकारी दिइन ।

कोभिड–१९ को संक्रमण लगाएत अन्य समयमा घरभित्र वा घर बाहिर घरेलु वा लैगिंक हिंसाको जोखिम बढ्न सक्ने संभावना औंल्याउँदै हिंसा न्यूनिकरण गर्नका लागि हटलाइन मार्फत उजुरी संकलन गर्ने व्यवस्था मिलाइएको जानकारी दिइन ।

जसका लागि तुलसीपुरमा पैंशा नलाग्ने १६६०८२१८००१० नम्बर सञ्चालन गरिएको छ ।

हटलाइन मार्फत हालसम्म २३ वटा विवाद संकलन गरिएको उनले बताइन ।

कार्यक्रममा न्यायीक समिति सदस्य जानका रेग्मीले न्यायीक समितिले मिलापत्र गराएका विवादको कार्यान्वयनको अवस्थाको विषयमा जानकारी राख्न ३÷३ महिनामा अनुगमन गर्दै आएको बताइन ,

तुलसीपुर न्यायीक समितिले हरेक मंगलवार र शुक्रवार इजलास बसी विवाद निरुपण गर्दै आएको छ । समितिले जेष्ठ नागरिक,हिंसा पिडित प्रभावितको हकमा निवेदन दस्तुर छुटको व्यवस्था गरेको छ ।

 

प्रकाशित मिति : २०७८ असार २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *