दाङ, असार २८ । जबरजस्ती करणी मुद्दामा ९ बर्ष ८ महिना २२ दिन सजाए तोकिएका फरार प्रतिबादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी मधुसुधन न्यौंपानेले फरार प्रतिबादी राप्ती सोनारी गाउँपालिका वडा नं.९ ढकेरीका २८ बर्षीय जितबहादुर थारुलाई सोमबार पक्राउ गरिएको जानकारी दिएका छन् ।
जबरजस्ती करण मुद्दामा थारुलाई जिल्ला अदालत बाँकेले २०७७ चैत २२ गते ९ बर्ष ८ महिना २२ दैन कैद सजाएको फैसला सुनाएको थियो ।
थारुलाई अदालत उपस्थित गराई तोकिएको सजाय भुक्तानीको लागि कारागार चलान गरिने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ असार २८ गते सोमवार