तुलसीपुर , असार २६ । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दाङले धान खेति गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नं. ९ ढिकपुर अस्परीमा ४ बिघा जमिनमा उस्ले पार्टीको नामबाट धान रोपाई सुरु गरेको छ।
पार्टीलाई उत्पादन संग जोड्नका लागि देशव्यापी रुपमा कुल ७ बिघा जमिनमा धान उत्पादन गर्न लागेको जिल्ला उत्पादन बिभाग प्रमुख किरणले जानकारी दिए ।
पार्टीले श्रम र समय संग एकाकार हुँदै पार्टीका नेता–कार्यकर्ताले उपभोग गर्ने खाद्यान्न आँफै उत्पादन गर्ने उदेश्य रहेको किरणले बताए।
धान रोपाईमा उक्त पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितल, दाङ जिल्ला बिशेष कमिटी सदस्य सम्झना,घोराही उपमहानगरपालिकाका इञ्चार्ज तिलक, पूर्व दाङ जिल्ला सेक्रेटरी तथा निवर्तमान बर्दिया जिल्ला सेक्रेटरी गणेश, राष्ट्रिय जागरण मंचका केन्द्रीय सदस्य मंगल, पार्टी निकट जवस मोर्चाका नेता–कार्यकर्ता लगाएत स्थानीय बासीको पनि सहभागिता रहेको थियो।