धनगढी, असार २० । बैतडीमा आइतबार जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। १० जना घाइते छन्।
डडेल्धुरातर्फ आउँदै गरेको से १ ज ७३९ नम्बरको जिप सिगास गाउँपालिका वडा नम्बर ३ मा सडकबाट ५० मिटर तल खसेर दुर्घटना हुँदा ६४ वर्षीय रामसिंह धामी र ४५ वर्षीय मानसिंह साउदको मृत्यु भएको हो।
सिगास–३ का ४५ वर्षीय जयसिंह धामी, १८ वर्षीय योगेन्द्र धामी, १३ वर्षीय लक्ष्मण धामी, ४० वर्षीय गौमती साउद र २९ वर्षीय करन धामी घाइते छन्।
यस्तै सोही ठाउँका ४५ वर्षीय दलबीर साउद, ४० वर्षीय चक्र धामी, ३८ वर्षीया बासमती धामी, १९ वर्षीय खगेन्द्र साउद, ४४ वर्षीय हरीभान साउद पनि घाइते छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालकले घाइतेमध्ये ४ जनाका अवस्था चिन्ताजनक रहेको बताए।
प्रकाशित मिति : २०७८ असार २० गते आइतवार