तुलसीपुर, असार १६ । चोरी गरेका ल्यापटप र मोबाईलसहित दूई जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं.२ का २२ बर्षीय देबेन्द्र खत्री र घोराही उपमहानगरपालिका वडा नं. १३ का १६ बर्षीय किशोर रहेका छन् ।
प्रहरीले उनीहरुलाई असार १४ गते पक्राउ गरेको भएपनि बुधबार मात्रै सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द्रप्रशाद रिजालले उनीहरुको साथबाट चोरीको एउटा ल्यापटप र बिभिन्न कम्पनीका पाँचवटा मोवाईल बरामद भएको बताए ।
ती सामान उनीहरुले बिभिन्न समयमा चोरी गरेको प्रहरीले जनाएको छ ।
चोरी शिर्षकमा मुद्दामा चलाएर बुधधार थप अनुसन्धानका लागि म्याद थप भइ अनुसन्धान भइरहेको डिएसपी रिजालले बताए ।
प्रकाशित मिति : २०७८ असार १६ गते बुधवार