
दाङ,असार १४ । एनआरएन अस्ट्रेलियाको जुलाई ३१ तारिखमा हुने निर्वाचनको सरगर्मी बढेको छ ।
घोषित निर्वाचनका लागि तुलसीपुरका राजु गिरीले एनएसडब्लु एससिसीको डेपुटी कोर्डिनेटरमा उम्मेदवारी घोषणा गरेका छन ।
उम्मेदवार गिरीले आफुँ नै नेपाली कांग्रेसको बैधानिक उम्मेदवार भएको दाबी गर्न थालेका छन् ।
दाङ निवासी गिरी हाल स्थानीय अर्वन नेपाली समाजका उपाध्यक्ष हुन् । गिरीले आफनो टिममा संयोजकको टुङ्गो केहि दिनमानै लाग्ने र अन्य केहि पदाधिकारीहरुको टुङ्गो भने लगाई सकेको जानकारी दिएका छन् ।
गिरीले आफनो आधिकारीक टिमबाट सचिवमा प्रेम महरा, कोषाध्यक्षमा उद्धव विष्ट, सह–सचिवमा पुकार पोख्रेल चुनावी मैदानमा रहेको जानकारी दिएका छन् ।
त्यस्तै सदस्यहरुमा भुपेन्द्र कंडेल, सबला बस्नेत, आयुस अधिकारी, छितीज सिंह, निशान जंग कार्की, विकास झाँको नाम टुङ्गो लागेको बताए । ‘हामीहरु काँग्रेसका आधिकारीक उम्मेदवार हो, संयोजक र अन्य सदस्यहरुको टुङ्गो लगाउने तरखरमा छौं –उनले भने । ’ सह–संयोजक पदका प्रत्यासी गिरीले अस्ट्रेलियाबाट नेपालमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन् ।
जनसम्पर्क समिति अस्ट्रेलियाको बिवादका बाबजुद हुन थालेको निर्वाचनका लागि नेपाली जनसम्पर्क समितिले अधिबेशन गर्न भन्दै हालसालै २१ सदस्यय समितिलाई पूर्णता प्रदान गरेको जानकारी दिइएको छ ।
उनीहरुले आ–आफ्नो पक्षमा लबिङ तीब्र पार्दै लगेको बताएका छन् ।
अष्ट्रेलियामा अहिलेसम्मकै सबै भन्दा धेरै १६ हजार ३ सय ९४ सदस्यले सदस्यताका लागि आवेदन दर्ता गरेका छन ।
बिधानतह जनसम्पर्कको अधिबेशन निर्धारित समयमा सक्नु पर्ने बाध्यता छ । अस्ट्रेलियाको एनआरएनमा नेपाली काँग्रेसको राम्रो पकड रहेको मानिन्छ ।
तर, आन्तरिक किचलो र टुट–फुटको कारण बैधानिक उमेदबार कसैले उठाउन भने सकेका छैनन् ।