
तुलसीपुर, असार १२ । शनिबार बिहान ९ नबज्दै टरिगाउँ एयरपोर्टमा इन्धन डिपोस्थापना गर्नका लागि आवश्यक रिफिलिङ ट्याङ्की बोकेर एउटा कन्टेनर आइ सकेको थियो ।
ट्याङ्की आएपनि तुलसीपुरको बीरेन्द्र चोकबाट एयरपोर्ट पु¥याउँन घन्टौं लाग्यो । दिउँसो दूई बज्दासम्म पनि कन्टेनरलाई एयरपोर्ट भित्र पु¥याउन सकिएन ।
बीपी चोकबाट एयरपोर्टको एक डेढ किलोमिटरको दुरी पार गर्न कन्टेनरलाई किन यति धेरै समय लाग्यो । त्यसको कारण गज्जबको छ ।
तुलसीपुर ‘स्मार्ट सिटी’को सडक खण्डको वारपार घरहरुमा बिद्युत टेलिफोन, नेट बिस्तार गर्न तानिएका तारहरुका कारण कन्टेनर एयरपोर्टसम्म पु¥याउन घन्टौं लागेको हो ।
नेपालकै स्मार्ट दाबी गरिने तुलसीपुरमा अब्यबस्थित रुपमा तानिएका बिद्युत, टेलिफोन, नेट लगाएका तारहरुका कारण एक डेढ किलोमिटरको दुरी पार गर्न ट्याङकरलाई घन्टौं लाग्नु लज्जाको बिषय हो ।
ट्याङ्की बोकेर ल्याएको कन्टेनरले तारहरु ठाउँ ठाउँमा छोएपछि तारहरु चुडिने खतराका कारण बिस्तारै तारलाई काठले उचालेर कन्टेनर अगाडि बढाउनु पर्ने अवस्थाका कारण यतिधेरै समय लागेको हो ।
अब्यबस्थित तारहरुका कारण बीपी चोकमा लामो समय कन्टेनर रोक्नु परेको एक प्रहरी अधिकारीले बताए । तार, उचाल्दै कन्टेर लैजानु परेको हुँदा बीपी चोकबाट केन्टेर एयरपोर्ट सम्म पु¥याउन घन्टौ समय लागेको उनले स्पष्ट पारे ।
भबिस्यमा अरु यस्तै कन्टेनर रातिमा आएको खण्डमा ठूलो समस्या निम्तन सक्ने खतरा उनले औंल्याए ।