२०८१ चैत्र ३ गते आइतवार

बल्ल आइपुग्यो टरिगाउँ एयरपोर्टका लागि रिफिलिङ ट्याङ्की

दाङ,असार १२ । बर्षौं पछिको लामो प्रतिक्षापछि शनिबार बल्ल टरिगाउँ एयरपोर्टका लागि रिफिलिङ ट्याङ्की आइपुगेको छ ।

इन्डियाको मुम्बैबाट ल्याइएको ट्याङ्की झन्डै एक डेढ महिना नेपालगञ्ज भन्सार नाकामा रोकिएको थियो ।

इन्धन डिपोका लागि तेल भण्डारण गर्न ठूलो ट्याङ्की र सम्बन्धित उपकरण आएको टरिगाउँ बिनानस्थलका प्रमुख कैलाश शर्माले जानकारी दिए ।

अब प्लेनमा इन्धन भर्नका लागि बाउजर मेसिन लगाएतका उपकरण आउन बाँकी रहेको र ती पनि छिट्टै आउने आशा गरिएको छ । असार १७ गतेदेखि नेपाल सरकारले आन्तरिक उडान गर्ने घोषणा गरि सकेको छ ।

हालसम्म दाङ एयरपोर्टमा प्लेनका लागि इन्धन रिफिलिङको सुबिधा थिएन । यसले निजी बिमान सञ्चालक कम्पिनीहरु थप आकर्षित हुने अपेक्षा गरिएको छ ।

टरिगाउँ एयरपोर्टको धावन मार्ग बिस्तार हुन सके ठूला बिमानहरु आउन सक्ने र त्यसले भाडा सस्तो हुने संभावना देखिएको छ ।

 

 

प्रकाशित मिति : २०७८ असार १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *