२०८१ असार १० गते आइतवार

१० वर्षपछि सल्यान फर्किए राउटे, गाउँपालिकाद्वारा स्वागत

सल्यान,असार १० । जंगलमा घुमन्ते जिवन बिताउदै आएका राउटे समुदाय करिब १० बर्षपछि सल्यान फर्किएका छन् ।

१० वर्ष अघि सल्यानको कालिमाटी लगाएत जिल्लाका विभिन्न ठाउँमा बसेका उनीहरू १० वर्षपछि पुनः सल्यानमा बस्ती नै सारेर फर्किएका हुन् ।

यसअघि उनिहरु सुर्खेतको गुर्वाकोट नगरपालिका वडा नम्बर ११ स्थित भेरी नदिको किनारमा बस्दै आएका थिए ।

कालिमाटी गाउँपालिका वडा नम्बर ५, काल्चे डाँडामा आएका राउटेहरुलाई कालिमाटी गाउँपालिकाले स्वागत गरेको छ ।

गाउँपालिका अध्यक्ष दानवहादुर केसी, उपाध्यक्ष शहनशिलता ओली, प्रमुख प्रशासकिय अधिकृत हरी बहादुर केसी लगाएतका कर्माचारीहरुले सोहि स्थानमा पुगेर सहयोग समेत गरेका छन् ।

उनिहरुको टहरा निर्माण कार्यमा आवश्यक सामग्री, खानेपानी पाइप केही भाँडाकुडाको गाउँपालिकाबाट व्यवस्थापन गरिएको छ ।

आफ्नो गाउँपालिकामा थप जाति थपिएको र उनिहरु त्यहाँ रहदा सम्म आफ्नै गाउँपालिकाको नागरिक भएकोले सरकारको अनुभुति हुने गरि सेवा र सुरक्षा प्रदान गर्ने उनले बताए ।

बुधबार नै सामाजिक सुरक्षा भत्ता वाफत प्रतिब्यक्ति ३ हजार र कर्णाली प्रदेश सरकारबाट दिएको थप २ हजार गरि जम्मा प्रति ब्यक्ति रू ५ हजार सामाजिक सुरक्षा भत्ता, प्रदेश सरकारको बाकि रकम सहित ६ हजारका दरले बितरण गरिएको छ ।

राउटे जाति खस आर्य समुदायको पिछडिएका नेपालको लोपोन्मुख आदिवासी हुन् । फिरन्ते जीवन बिताउने राउटे जातिले खस भाषा बोल्दछन् भने आधुनिक नेपाली भाषा पनि राम्रोसँग बोल्न साथै बुझ्न सक्दछन् ।

यिनीहरू मुख्यरूपले मध्य–पश्चिमको सल्यान तथा आसपासका सुर्खेत, दाङ्ग, जाजरकोट र दैलेख जिल्लामा जंगली क्षेत्रमा बस्ने गर्दछन् । राउटेको जनसंख्या झण्डै डेढ सय रहेको छ ।

प्रकाशित मिति : २०७८ असार १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *