२०८१ चैत्र ९ गते शनिवार

कालिमाटी गाउँपालिकाको बजेट ५२ करोड ३५ लाख बढी

कृषि र पुशपालन प्राथमिकतामा
शंकर केसी, सल्यान, ९ असार । सल्यानको कालिमाटी गाउँपालिकाले ५२ करोड ३५ लाख २० हजार रुपैंया बराबरको बजेट प्रस्तुत गरेको छ ।

आर्थिक बर्ष २०७८÷०७९ को लागि दशौँ गाउँसभाले उक्त बजेट पारित गरेको हो ।

बजेटमा एक वडा एक कृषि उत्पादन तथा एक वडा एक पशुपालन ब्यवशायका लागि ४०÷४० लाख रुपैंया विनियोजन गरिएको छ ।

त्यस्तै नमुना तरकारी ब्यवस्थापनका लागि २० लाख रुपैंया छुट्याइएको छ ।

सोमबार गाउँपालिका अध्यक्ष दानबहादुर केसीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने मंगलबार उपाध्यक्ष सनशिलता वली डिसीले बजेट सार्वजनिक गरेकी हुन् ।

कालीमाटीले बेरोजगारी समस्यालाई समाधान गर्न, विदेश जाने दरलाई न्यूनिकरण गर्न तथा वैदेशिक रोजगारबाट फर्केका युवालाई पुनः वैदेशिक रोजगारीमा जान निरुत्साहित गर्नका लागि पर्याप्त रोजगारी सिर्जनाका कार्यक्रमलाई प्राथमिकता दिएको अध्यक्ष केसीले बताए ।

सोही कुरालाई ध्यानमा राखेर अध्यक्ष रोजगार कार्यक्रम अन्तरगत एक करोड रुपैंया विनियोजन गरिएको छ ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि १५ लाख, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधानको लागि जग्गा नापजाँच कार्यक्रमको लागि ४५ लाख विनियोजन गरिएको छ ।

त्यस्तै सडक विस्तार तर्फ एक करोड ५० लाख, सडक मर्मत सम्भार तर्फ ६० लाख, खरको छाना विस्थापित गर्न एक करोड विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि पूँजीगत तर्फ २६ करोड ५० लाख र चालु तर्फ २५ करोड ८५ लाख २० हजार विनियोजन गरिएको छ ।

 

प्रकाशित मिति : २०७८ असार ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *