२०८१ असार १० गते आइतवार

रोल्पामा पहिरोले घर भत्किदा, हजुरआमा, नातिनी र नातिनी बुहारीको मृत्यु

घाइतेको उद्धारको लागि हेलिकोप्टर मागियो

दाङ, असार ९ । रोल्पामा पहिरोले घर भत्किदा हजुरआमा, नातिनी र नातिनी बुहारीको मृत्यु भएको छ ।

सुतिरहेका तीन जनाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुबेदीले जानकारी दिए ।

मंगलबार मध्यराति रोल्पा नगरपालिका ९ होमाको गर्पामा घर माथिबाट पहिरो खस्दा ८६ वर्षीया हजुरआमा कर्मिता बुढा , १६ वर्षीया नातिनी स्यामकला बुढा र १८ वर्षीया नातिनी बुहारी सुसिला बुढाको घटना स्थलमै मृत्यु भएको डिएसपी सुबेदीले बताए ।

घटनामा परि थप तीन जना घाइते छन् । घाइते मध्य एक जनाको अवस्था गम्भीर छ ।

घरमुली ४० वर्षीय टिका सिंहबुढा गम्भीर घाइते भएको र उनको उद्धारको लागि हेलिकोप्टर मागिएको डिएसपी सुबेदीले बताए । गम्भीर घाइते बुढाको टाउको, खुट्टा, ढाड लगाए बिभिन्न स्थानमा घर धप्किदा काठले चोट पटक लागेको छ ।

उपचारका लागि जिल्ला बाहिर लैजानु पर्ने भएपनि पहिलोका कारण सडक खण्ड अवरुद्ध भएको हुँदा उद्धारको लागि हेलिकोप्टर मागिएको सुबेदीले जानकारी दिए ।

घटनामा परि टिकाकी श्रीमती ४५ वर्षीया सुनमाया बुढा र उनीहरुका ९ वर्षी छोरा शक्तिमान बुढापनि सामान्ने घाइते भएपनि उनीहरुको अवस्था भने सामान्ने रहेको प्रहरीले जनाएको छ ।

पहिरो घरमा खसेपछि माथिल्लो तलामा सुेतका दूई जना र तल्लो तलामा सुतेका एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाटो नभएका कारण मृतकको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पतालसम्म पु¥याउन कठिन अबस्था रहेको डिएसपी सुबेदीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ असार ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *