२०७८ असार ४ गते शुक्रवार

इन्धनको मुल्य बढ्यो, पेट्रोलको मूल्य १२५ रुपैयाँ

दाङ, जेठ २२ । शनिबार फेरि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएको छ । नेपाल आयल निगमले बढाएको मुल्य बृद्धि राति १२ बजेदेखि लागू हुने छ । निगमले सार्वजनिक सूचना जारी गर्दै पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा दूई ÷ दूई रुपैंयाका दरले मूल्यवृद्धि भएको प्रवक्ता विनितमणि उपाध्यायले जनाएका छन् । एलपी ग्यासमा मूल्य भने बढाइएको छैन ।
पछिल्लो मृल्यू बृद्धि संगै अब पेट्रोल प्रतिलिटर १ सय २५ रुपैंया , डिजल १ सय ८ रुपैंया, मट्टितेल प्रतिलिटर ८० रूपैंया पुगेको छ ।

निगमले यसअघिको मूल्यमा पेट्रोलियम पदार्थ बिक्रि गर्दा १५ दिनमा १ अर्ब १० करोड घाटा बेहोर्नु परेको कुरापनि प्रबक्ता उपाध्यायले जानकारी दिएका छन् ।

निषेधाज्ञाको समयको दिन ७१ करोड र अन्य साधारण दिनमा ९३ करोड घाटा हुने गरेको उनले जनाएका छन् ।
यो मूल्य समायोजनपछि पनि निगममलाई पेट्रोलमा प्रतिलिटर ५ रूपैंया ३२ पंैसा, डिजलमा ३ रूपैंया १७ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५८ रूपैंया ४६ पैंसा घाटा हुने निगमको दाबी छ।

प्रकाशित मिति : २०७८ जेष्ठ २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *