दाङ, जेठ २७ ।
नेपाली बजारमा बुधबार सुन –चाँदीको भाउ घटेको छ।
सुन प्रतितोला १० हजार १०० रूपैयाँ घटेको छ ।
बुधबार सुन प्रतितोला दुई लाख ९१ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ।
सुन मंगलबार तोलामा दुई हजार रूपैयाँ बढेको थियो । त्यो दिन सुन प्रतितोला तीन लाख एक हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
बुधबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला एक सय ८५ रूपैयाँ घटेको छ । चाँदी तोलामा चार हजार सात सय ४० रूपैयाँमा किनबेच भइरहेको छ।
मंगलबार प्रतितोला चार हजार नौ सय २५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०८३ जेष्ठ २७ गते बुधवार
