२०८३ जेष्ठ १८ गते सोमवार

तुलसीपुर प्रालिले ल्यायो ४ वटा नयाँ ‘यार्सा एयर बस’

तुलसीपुर, १८ जेठ । तुलसीपुर यातायात प्रालिले नयाँ सुविधा सम्पन्न यार्सा एयर बस सञ्चालनमा ल्याएको छ । प्रालिले एकै साथ दाङ–काठमाडौं रात्री सेवाका लागि सुविधा सम्पन्न चार वटा यार्सा एसी बस थप गरेको प्रालिका अध्यक्ष पवनराज बुढाथोकीले जानकारी दिए ।
यस अघि यो प्रालिले शुभ कामना, कुइन एसी, गोल्डेन एसी, मयूर एसी, तुलसीपुर एसी, कल्की एसी बसका साथै हायस र एसी इभी हासहरु दाङ–काठमाडांै रुटमा सञ्चालन गर्दै आएको छ ।

यात्रुको माग र सुबिधालाई मध्यनजर गदै चार वटा ‘यार्स एसी बस’ थप गरि तुलसीपुर – काठमाडौ रुटमा सोमवारदेखि सञ्चालन गरिएको प्रालिका प्रशासनिक सचिव निमकुमार श्रेष्ठले बताए ।
जस्मा सिल्पर आठ सिटसहित ४९ सोफा सिट छन् ।
नयाँ बसको उद्घाटन गदै प्रालिका सल्लाहकार जनक खरालले पछिल्लो समयमा युवाहरु पलाइन भइ रहेको समयमा स्वदेशमै केही गर्नुपर्छ भनेर यातायात क्षेत्रमा लगानी गर्नु सकारात्मक मान्नु पर्ने बताए । जसबाट स्वदेशमै स्वरोजगार सृजना भएको तथा युवा आत्मनिर्भर बन्न सकेको उनले बताए ।
प्रालिका कल्याणकारी सचिव भद्रबहादर खड्काले नयाँ थपिएका सुविधा सम्पन्न बसहरुले सर्वसाधारणको यात्रा थप आरामदायी हुने विश्वास ब्यक्त गरे ।
उनले थप सेवाका लागि समय अनुसार थप यातायातका सधान थपगरी सेवा विस्तार गदै जाने बताए । नयाँ ल्याइएको यार्सा एसी बस एउटाको करिव एक करोड बराबर मूल्य परेको ब्यबसायीले बताएका छन् ।
कार्यक्रममा प्रालिका सल्लाहकार शिव पुरी, दिलबहादुर वली, प्रशासनिक सचिव निमकुमार श्रेष्ठ, कोषाध्यक्ष छविलाल डाँगी, सदस्य भिमबहादुर डाँगी, राजु पाण्डेलगायतले शुभकमना व्यक्त गरेका थिए ।
२०५६ सालमा स्थापना भएको तुलसीपुर यातायात प्रालिले काठमाडौं, लगायत पूर्व मेचिदेखि पश्चिम महाकालि हुदै देशका ठुला शहर र छिमेकी राष्ट्र भारतसम्म सेवा दिनै आएको प्रालीका कार्यालय प्रमुख विमल गुप्ताले जानकारी दिए ।

प्रकाशित मिति : २०८३ जेष्ठ १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *