२०८१ जेष्ठ १३ गते आइतवार

कोरोना सहायता कोष स्थापना

घोराही, बैशाख १३ । स्कूल अफ डेमोक्रेसी दाङले कोरोना सहायता कोष स्थापना गरेको छ ।

पछिल्लो समय दाङ लगायत देशभर कोरोना भाईरस संक्रमणको दर बढ्दो मात्रामा रहेकाले स्कूल अफ डेमोक्रेसी दाङको सोमवार घोराहीमा बसेको बैठकले विपन्न परिवार, जोखीममा रहेका महिला, बालबालिका, अपांग एवं जेष्ठ नागरिकहरुलाई स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्धेश्यका साथ कोष स्थापना गरेको हो ।

जिल्ला अध्यक्ष विमला योगीको अध्यक्षतामा बसेको बैठकले कोष स्थापना गरेको हो ।

कोष सञ्चालनका लागी उपाध्यक्ष सुष्मा गिरी संयोजक रहेको पाँच सदस्यीय समिति गठन गरेको छ ।

जसको सदस्यहरुमा लीला शाह, गोमा रावत, धुव्र केसी र सुर्य शर्मा रहेका छन ।

यस समितिले कोष सञ्चालन, व्यवस्थापन र परिचालन गर्नेछ । कोषकालागी सहयोग गर्नकालागि बैठकले सम्पूर्णमा अनुरोध गरेको छ ।

बैठकले पछिल्लो समय दिनानुदिन कोराना भाईरस संक्रमण बढ्दो मात्रामा रहेकाले नागरिकको स्वास्थ्यप्रति गम्भीर बन्दै केही समयकालागी जिल्लालाई लकडाउन गर्न नेपाल सरकार एवं स्थानीय सरकारलाई अनुरोध गरेको छ ।

कोरोना भाईरस संक्रमणबाट बच्नकालागी स्वयं व्यक्ती नै सचेत बन्न आवश्यक रहेकाले सम्पूर्ण नागरिकहरुलाई सचेतना अपनाउन बैठकले अपील गरेको छ ।

साथै कोरोना भाईरस संक्रमणका लागि ज्यान गुमाएका सम्पूर्ण नेपालीहरुमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको सचिव लिला शाहले जानकारी दिइन ।

 

 

प्रकाशित मिति : २०७८ बैशाख १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *