२०८१ चैत्र ३ गते आइतवार

कपुरकोटमा योजना तर्जुमा नागरिकलाई उत्प्रेरित गरिदै

सल्यान, बैशाख १२ । सल्यानमा सामुदायिक संस्थाका पदाधिकारीहरुलाई योजना तर्जुमा, कार्यान्वयन र अनुगमन प्रक्रिया सम्बन्धी अभिमुखिकरण गरिएको छ ।

सुुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत वस्ति स्तरमा योजना छनौटको बेला सबै घरधुरीका नागरिकलाई समस्याको पहिचान, योजनाको छनौट, प्राथमिकता र निर्णय लिने कार्यमा संलग्न गराउन उत्प्रेरित गर्ने उद्देश्यले अभिमुखिकरण गरिएको कार्यक्रमका जिल्ला संयोजक गुमान सिंह नेपालीले जानकारी दिए ।

स्थानीय तहको योजना प्रणाली सहभागितामूलक हुने र टोल वा बस्तिस्तरबाट छनौट भएका योजना वडाको प्राथमिकीकरणमा पर्नुपर्ने कानुनी तथा नीतिगत व्यवस्था छ ।

नागरिकहरुलाई आफ्ना आवाज र मागहरु स्थानीय सरकार सम्म पुर्याउने वातावरण निर्माणका लागि सामुदायिक समुहका पदाधिकारीहरुलाई अभिमुखिकरण गरिएको संयोजक नेपालीले बताए ।

स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन अन्तर्गत बैशाख महिनाभित्र संघ तथा प्रदेशबाट बित्तिय हस्तान्तरणको खाका, बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धि मार्गदर्शन प्राप्त गर्ने, बैशाख मसान्तभित्र स्रोत अनुमान र कूल बजेटको सीमा निर्धारण गर्ने, जेठ १५ भित्र बस्ती तथा टोल स्तरबाट योजना छनौट गरिसक्ने र जेठ २५ गतेभित्र वडास्तरीय योजना प्राथामिकीकरण गर्ने व्यवस्था छ ।

 

 

 

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *