२०८१ जेष्ठ १७ गते बिहिवार

तुलसी हस्पिटलले गर्यो,जटिल मानिने अर्कौ एउटा सफल सल्यक्रिया

तुलसीपुर, बैशाख १२ । दाङ तुलसीपुरस्थित तुलसी बाल हस्पिटलले एक नवजात शिशुको दुर्लभ मानिने सल्यक्रिया सफलता पूर्वक गरेको छ ।

सल्यान जिल्लाको कुमाख गाउँपालिका वडा नं.५ का राकेश र कल्पाना बुढाथोकीका छोरा हुकुमको जन्नजात नै पेटबाट आन्द्रामा प्वाँल सानो हुँदा समस्या उत्पन्न भएको थियो ।

शेराडाँडा स्वास्थ्य चौकीमा १६ दिन पहिले उक्त समस्या लिएर जन्मिएका हुकुम बुढाथोकीलाई उक्त समस्याका कारण वान्ता सुरु भएपछि अभिभावक आत्तिएर अस्पताल पु¥याए । त्यसपछि उनीहरले सल्यानको श्रीनगरस्थित मेट्रो अस्पताल लगे । त्यहाँपनि उपचार संभव भएन ।

उस्ले हुकुमलाई दाङ घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रिफर गरिदियो ।
प्रतिष्ठानले हुकुमको पेटबाट आन्द्रामा जाने प्वाँल सानो रहेको पत्ता लगाएपनि उपचार गर्न सकेन । प्रतिष्ठानले हुकुमलाई नेपालगन्ज मेडिकल कलेज रिफर गरिदियो ।

तर आर्थिक अवस्था कमजोर भएका कारण हुकुमको सल्यक्रिया नेपालगन्जमा गर्न सकेनन् । त्यसपछि बल्ल नेपाललगन्ज मेडिकल कलेजले हुकुमलाई दाङ तुलसीपुरस्थित तुलसी बाल हस्पिटलमा रिफर गरिदियो ।

बालरोग बिशेषज्ञ डा। किशोर खत्रीले बच्चाको अवस्था हेरेपछि उनकै सल्लाहले हुकुमको जटिल सल्यक्रिया गर्न अस्पताल तयार भयो ।

नवजात शिशु तथा बाल शल्य चिकित्सक डा। फिरोज आलम खान नेतृत्वको टिमका एनेस्थेसीया डा। तेन्जिङ लोबसेल, डा। आरती चौधरी, स्टाफ नर्स टिका केसी र सोनिका बुढाथोकीको टिमले सफल अप्रेसन गर्न सफल भयो ।

अस्पताल प्रशासनका अनुसार अन्द्राको प्वाँल सानो रहेको यस्तो अप्रेशन संसारमै चुनौतिपूर्ण मान्ने गरिन्छ ।

नेपालका नर्सरी केयर अस्पताल बाहेकका अन्य सिमित हस्पिटलहरुमा मात्रै हालसम्म यस्तो समस्याको अप्रेसन संभव रहेको छ ।

 

 

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *