२०८१ जेष्ठ १७ गते बिहिवार

मामा घरमा बस्ने १२ बर्षीय बालक झुण्डिएको अवस्थामा फेला परे

तुलसीपुर, बैशाख १० । दाङको तुलसीपुरस्थित मामा घरमा बस्दै आएका १२ बर्षीय एक बालकले झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका छन् ।

जिल्लाको दंगिशरण गाउँपालिका वडा नं। २ घर भइ बिगत ५ बर्षदेखि तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ गिधनियास्थित मामाको घरमा बस्दै आएका विपिन चौधरी शुक्रवार विहानै झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन ।

मामाको घर नजिकै बाख्राको लागि घाँस टंगाउन बनाइएको बलोमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा बालक विपिन फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता डिएसपी झलकप्रशाद शर्माले बताए ।

घटनाबारे प्रहरीलाई शुक्रवार बिहान ६ बजे खवर प्राप्त भएको र त्यसपछि इप्रकाबाट प्रहरी निरिक्षक श्री पौडेलको नेतृत्वमा प्रहरी पुगेको शर्माले बताए ।

घटनास्थल पुगेका प्रहरी निरिक्षक पौडेलका अनुसार विपिन बिगत ५ बर्षदेखि मामाको घरमा बस्दै आएका थिए । विपिन मामा घरमा बसेर स्थानीय सरकारी विद्यालयमा पढ्दै आएका थिए ।
बिहान ६ बजे नै झुण्डिएको अवस्थामा फेला परेको हुँदा उनको मृत्यु राति नै भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

‘ विपिनका बुवापनि संगै रहेको खुल्न आएको छ,’ पौडेलले भने ‘तर, आमा भने काम बिशेषले अघिल्लो दिन मात्रै दंगिशरणस्थित घरमा गएको हुँदा बिहान मात्रै आउनु भएको हो ।’

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *