२०८३ असार २७ गते शनिवार

कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्ने काठमाडौं महानगरको निर्णय

काठमाण्डौ,बैशाख ३ । विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएका काठमाडौँ महानगरपालिकाभित्रका विद्यालय बन्द हुने भएका छन् ।

काठमाडौँ महानगरपालिकाले संक्रमण पुष्टि भएका विद्यालयलाई एक साताका लागि बन्द गर्न दिने निर्णय गरेको हो ।

महानगरपालिकाको सूचना जारी गर्दै कुनै विद्यालयका शिक्षक तथा विद्यार्थी संक्रमित भएको पाइएमा विद्यालयहरु अर्को सूचना जारी नभएसम्म एक साताका लागि विद्यालय बन्द गरी वैकल्पिक माध्यामबाट शिक्षण सिकाइ गराउन अनुरोध गरेको छ ।

बिहीबार पुतलीसडकस्थित पद्मोदय माविका कक्षा १० का एक विद्यार्थीमा पनि कोरोना पुष्टि भएको थियो ।

अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरोकारवालाको बैठक बसिरहेको छ । बैठकमा शिक्षण संस्थामा कोभिड–१९ ले पारेको असर र आगामी दिनमा अपनाउनुपर्ने विषयका बारेमा निर्णय हुने बताइएको छ ।

 

प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *