कपिलबस्तु, बैशाख २ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो केन्द्रीय सम्पर्क कार्यालय कपिलवस्तुको शिवगढीमा निर्माण गर्ने भएको छ ।
शिवगढीमा बनाउन लागिएको सम्पर्क कार्यालयको विप्लवले एक समारोहका बीच बुधवार शिलान्यास गरेका हुन ।
सम्पर्क कार्यालय ४ कट्ठा क्षेत्रफलमा निर्माण गर्न लागिएको छ । जस्को लागत एक करोडभन्दा बढी रहेको जानकारी दिइएको छ ।
जहाँ सभागृह भवन पनि अलग्गै निर्माण गरिने भएको छ ।
झन्डै एक बर्ष बढी समय सरकारले बिप्लवमाथि प्रतिवन्ध लगाएको थियो । सरकारसंगको वार्ता सफल भएपछि पछिल्लो समय विप्लव फागुन २१ गते काठमाडौंमा सार्वजनिक भएका थिए।
शिवराज नगरपालिका वडा नं.९ शिवगढी महासचिव बिप्लवको आफ्नै गाउँ हो । कार्यालय बनाउन विप्लबका नेता कार्यकर्ताले श्रमदान गर्ने बताइएको छ ।
प्रकाशित मिति : २०७८ बैशाख २ गते बिहिवार