२०७८ बैशाख ३१ गते शुक्रवार

बलात्कार मुद्दामा अदालतमा बयान फेर्ने युवती जेल परिन

तुलसीपुर,चैत ३१ । बलात्कार मुद्दामा अदालतमा बयान फेरेको अभियोगमा घोराहीकी एक युवती जेल परेकी छन् ।

घोराहीकी ती युवती र एक बालिकाले गत असोज १९ गते जिल्ला प्रहरी कार्यालय दाङमा तीन जना युवाले आफुहरुमाथि सामुहिक बलात्कार गरेको भन्दै उजुरी दिएका थिए ।

उक्त मुद्दा अदालत पुगेपछि तीनै युवा पूर्पक्षाका लागि थुनामा गएका थिए । तर, बकपत्रका क्रममा ती युवतीले आफुहरुमाथि बलात्कार नभएको बरु ती युवाहरुलाई दुःख दिन बलात्कारको उजुरी दिएको भन्ने बयान गरेपछि उनलाई अदालतले सजाय स्वरुप जेल पठाएको अदालतका श्रेस्तेदार धनसिंह गिरीले जानकारी दिए ।

जिल्ला न्यायाधीश रितेन्द्र थापाको एकल इजलासले चैत २३ गते ती युवतीलाई एक महिना कैद र तीनै जना युवालाई जनही २५÷२५ हजार गरि ७५ हजार आर्थिक जरिवाना उपलब्ध गर्न आदेश दिएको छ ।

अदालतको आदेश संगै युवती हाल सजाय भुक्तान गर्न काराबास पठाइएकी छन् ।

अदालतको समय बर्बाद गरेको, राज्यको जनशक्ति र स्रोत क्षति पु¥याएको ठहरसहित ती महिलालाई एक महिना कैद र ७५ हजार जरिवानाको फैसला भएको श्रेस्तेदार गिरीले बताए ।

जाहेरी वाला मध्य अर्की एकजना भने नाबालिक भएको हुँदा अदालतले छोड्न आदेश दिएको छ ।

 

प्रकाशित मिति : २०७७ चैत्र ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *