२०८१ चैत्र १३ गते बुधवार

ताइवानमा सुरुङभित्र रेल दुर्घटना हुँदा ३६ जनाको ज्यान गयो

काठमाण्डौ,चैत २० । ताइवानमा रेल दुर्घटना हुँदा ३६ जनाको ज्यान गएको छ । ७२ जना घाइते भएका छन् ।

ताइवानको ह्वालियन सहरको सुुरङभित्र रेलले ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको जनाएको छ ।

ट्रकमा ठोक्किएको रेल लिगबाट चिप्लिएर सडकमा पुगेको थियो ।

दुर्घटनाबाट रेलको आठ ओटा डब्बामध्ये पाँच ओटा डब्बा क्षतिग्रस्त भएको छ ।

ताइवानमा सुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरिएको अधिकारीहरुले बताएका छन् ।

उद्धारकर्ताहरु सुरुङभित्र च्यापिएका मानिसको उद्धारमा खटिएका छन् । अहिले एक सय भन्दा धेरै यात्रीलाई उद्धार गरेर सुरक्षित ठाउँमा राखिएको छ ।

ताइवानकी राष्ट्रपति साइ इंग–वेनले घाइतेको उपचार तथा उद्धारका लागि आपतकालीन व्यवस्था लागू गरिएको जानकारी गराउनु भएको जनाएको छ ।

ताइवानको यातायात मन्त्रालयले दुर्घटनालाई पछिल्लो चार दशकयताकै भयानक दुर्घटना भनेको छ । यसअघि ताइवानमा सन् २०१८ मा रेल दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो भने १ सय ७५ जना घाइते भएका थिए ।

यस्तै सन् १९८१ मा यस्तै गरी रेल दुर्घटना हुँदा ३० जनाको ज्यान गएको त्यहाँको यातायात मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *