२०७८ बैशाख ४ गते शनिवार

मोतियाबिन्दुको शल्यक्रियाका लागि सम्झौता

तुलसीपुर, १७ चैत । शान्तिनगर गाउँपालिकाले गाउँपालिकामा रहेको अन्धोपन न्युनीकरण गरि उज्यालो प्रदान गर्ने उद्देश्यले निःशुल्क मोतियाविन्दुको शल्यक्रियाका लागि सम्झौता गरेको छ ।

नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल र शान्तिनगर गाउँपालिका बिच २ बर्षका लागि निःशुल्क मोतियाविन्दुको शल्यक्रिया, आँखा शिविर र आँखा चेकजाँचका लागि मंगलवार सम्झौता गरेको हो ।

राप्ती आँखा अस्पतालका प्रशासक किरण पौडेल, गाउँपालिकाका अध्यक्ष कमान सिंह डाँगी र प्रमुख प्रशासकिय अधिकृत रेमन्तबहादुर डाँगी विच दुई बर्षमा कम्तीमा पनि २ सय जनाको मोतियाविन्दुका विरामीहरुको शल्यक्रिया गर्ने सम्झौता भएको हो ।

अस्पताल र गाउँपालिकाको साझेदारीमा गाउँपालिका भित्रका मोतियाविन्दुका बिरामीहरुलाई निःशुल्क शल्यक्रिया गरि उज्यालो प्रदान गर्ने गरि सम्झौता भएको जनस्वाथ्य निरीक्षक हरिबहादुर पुनले जानकारी दिए ।

गाउँपालिकाले प्रतिव्यक्ति एसआईसिएसका लागि रु ८ हजार र अन्य लाग्ने खर्च अस्पतालले व्यहोर्ने सम्झौता उल्लेख छ ।

साथै एसआईसिएस प्रविधिमार्फत ८ हजार र सेवा प्रदायकले मोतिविन्दुको फेको प्रविधिबाट शल्यक्रिया गर्नुपर्ने भए थप ५ हजार विरामी स्वयमले तिनुपर्ने समेत सम्झौता भएको अस्पतालका सूचना अधिकारी बालाराम खड्काले जानकारी दिए ।

यस सम्झौता संगै आँखामा मोतियाविन्दु भएर पनि आर्थिक अभावका कारण सेवा पाउन नसकेको विरामीहरुले निःशुल्क शल्यक्रिया गर्न पाउने छन् भने अन्धोपन न्यूनिकरणमा ठुलो सहयोग मिल्ने सूचना अधिकारी बालाराम खड्काले बताए ।

उनीहरुको शल्यक्रिया राप्ती आँखा अस्पतालमा हुने छ ।

 

प्रकाशित मिति : २०७७ चैत्र १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *