२०८१ चैत्र ६ गते बुधवार

निर्माण ब्यबसायी महासंघको प्रदेश कार्यालय लमहीमा स्थापना गर्ने निर्णय

लमही, चैत १३ । नेपाल निर्माण ब्यबसायी महासंघ लुम्बिनी प्रदेशको कार्यालय स्थायी राजधानी देउखुरीमा थापना हुने भएको छ ।

महासंघको शुक्रबार लमहीमा बसेको प्रदेशस्तरीय बैठकले बुटवलमा रहेको अस्थायी कार्यालय स्थायी राजधानी लमहीमा स्थानान्तरण गर्ने निर्णय गरेको हो ।

बैठकले लमहीमै आफ्नो स्थायी कार्यालय भबन बनाउन पहल गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै बैठकले आगामी जेठ २१ गते कोहलपुरमा महासंघको लुम्बिनी प्रदेशको साधारण सभा तथा अधिबेशन गर्ने निर्णय पनि गरेको प्रदेश सदस्य दिपककुमार श्रेष्ठले जानकारी दिए ।

स्थायी राजधानी दाङ तोकेपछि निर्माण ब्यबसायी महासंघको प्रदेशस्तरीय बैठक पहिलो पटक लमहीमा बसेको हो ।

बैठकमा महासंघका प्रदेश अध्यक्ष बलिभद्र रानाले प्रदेश सकारले सबै बिकास निर्माणका कार्यालयहरु एकपछि अर्कौ गर्दै स्थापना गरिसकेकाले प्रदेश कार्यालय देउखुरीमा स्थानान्तरण गरिएको बताए ।

उनले अब कार्यालयका लागि जग्गा खोजी गरि भबन बनाउने कार्य अगाडि बढाउने जानकारी दिए ।

यसअघि नै बिकास प्राधिकरणको कार्यालय देउखुरीमा आइसकेको छ ।

प्रदेश अध्यक्ष बलिभद्र रानाको अध्यक्षता र केन्द्रीय उपाध्यक्ष टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा बैठक बसेको हो ।

बैठकमा प्रदेशका १२ वटै जिल्लाबाट प्रतिनिधित्व गर्ने निर्माण ब्यबसायी, पदाधीकारी, सदस्यहरुको सहभागिता रहेको बैठकमा सहभागी महासंघका प्रदेस सदस्य बिमलमान श्रेष्ठले जानकारी दिए ।

 

 

प्रकाशित मिति : २०७७ चैत्र १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *