२०८१ चैत्र ९ गते शनिवार

कैलालीमा आधारभुत पत्रकारिता तालिमको उद्घाटन 

हेमन्त प्रकाश, कैलाली, चैत्र ११ । रातो खबर प्रकाशन गृह प्रालि र जनपत्रकार संगठन नेपालको संयुक्त आयोजनामा आधारभुत पत्रकारिता तालिम कैलाली जिल्लामा सुरु भएको छ ।

 

कैलालीको सुखडमा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो ऐक्यबद्धता, मानवअधिकारको रक्षा र सामाजिक उत्तरदायित्वका लागि जनपत्रकारिता’ भन्ने मुल नारासहित तालिम सुरु भएको छ ।

 

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय समितिका सचिबालय सदस्य धर्मेन्द्र बास्तोला(कंचन)ले तालिमको उद्घाटन गरेका हुन ।

कंचनले आफ्नो सम्बोधनमा मुठ्ठी भर निरंकुशताबादी शासनका विरुद्ध जनपत्रकारिता आवस्यक रहेको जिकिर गरे ।

दलाल पूँजीबादी संसदीय ब्यबस्थामा भ्रष्ट, तस्कर र माफियाहरुको हालीमुहाली रहेको भन्दै उनले उनीहरको षड्यन्त्रका पर्खालहरु भत्काउनु जरुरी रहेको बताए ।

कंचनले जनमत संग्रह मार्फत व्यबस्था छान्ने अधिकार जनतालाई दिने कुरा प्रजातन्त्रको सबैभन्दा उच्च स्वरुप भएको दाबी गरे ।

कार्यक्रममा पार्टीका अर्का केन्द्रिय सदस्य ओम प्रकाश पुन (निर्माण) ले लोकतान्त्रिक व्यबस्थामा पनि अदालतको पर्खालभित्र पत्रकारहरु वन्देज रहनुले पूँजीबादी बिश्वमा मौलिक हक,वाक स्वतन्त्रता देखाउने दाँत मात्र हुन पुगेको दाबी गरे ।

पत्रकारिता स्वाधिन, स्वबिबेकी र स्वाभिमानी हुनुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा नेकपा सेती–महाकाली ब्यूरो इन्चार्ज डबलबहादुर शाह,राष्ट्रिय जागरण मन्चका गुणराज लोहनी,राष्ट्रिय समाजबादी मन्चका देबिदत्त पाण्डे,नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्ष चादनी आचार्य लगाएतले सम्बोधन गरेका थिए ।

 

प्रकाशित मिति : २०७७ चैत्र ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *