२०८१ बैशाख ७ गते शुक्रवार

घोराहीमा भएका छुट्टा छुट्टै दूर्घटनामा २ जनाको मृत्यु १ गम्भीर घाइते

तुलसीपुर , चैत ११ । दाङको घोराही क्षेत्रमा बुधवार बिहान भएका छुट्टा छुट्टै दूर्घटनामा परि दूई जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर ३ गोग्लीबाट घोराही बजार तर्फ आउँदै गरेको ना ५ ख २०६२ नम्बरको ट्रकले बिहान ७ ः ५० बजेतिर साईकल यात्रीलाई ठक्कर दिदा स्थानीय ४० बर्षीय बिष्णु चौधरीको मृत्यु भएको छ ।

ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठान पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी प्रबक्ता मुकुन्द्रप्रशाद रिजालले ट्रक र चालक प्रहरी नियन्त्रणमा लिइएको जानकारी दि ए ।

त्यस्तै सडकमा रोकेर राखेको ट्रकमा मोटरसाईकल ठोक्किएर थप एकजनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।

मोटरसाईकल चालक घोराही ५ का २१ बर्षीय रविन डाँगीको उपचारका क्रममा मृत्यु भएको डिएसपी रिजालले जानकारी दिए ।

मोटरसाईकलको पछाडि सवारी सोही ठाउँका २२ बर्षीय सिरिञ्ज भण्डारी गम्भीर घाइते भएका छन् ।

उनलाई थप उपचारका लागि बाँकेको कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

बिहान साढे २ बजे घोराहीबाट नारायणपुर तर्फ आउँदै गरेको रा ४ प ४९१४ नम्बरको मोटरलाईकल घोराही ७ जवरपुरमा रोकि रोखेको ना ४ ख ८७३५ नम्बरको ट्रकमा ठोक्किएर उक्त दूर्घटना भएको डिएसपी रिजालले जानकारी दिए ।

ट्रक र चालकलाई नियन्त्रणमा लिइएको छ ।

 

 

प्रकाशित मिति : २०७७ चैत्र ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *