२०८१ जेष्ठ १७ गते बिहिवार

स्थानीयले पैंशा उठाएर गेठीखोलामा ट्राफिकको भवन निर्माण गर्न थाले

तुलसीपुर, फागुन २५ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ गोठीखोलामा अस्थायी प्रहरी पोष्ट भवन निर्माण कार्य सुरु भएको छ ।

स्थानीयले रकम संकलन गरि भवन निर्माण कार्य सुरु गरेका हुन ।

शिलन्यास पछि सम्बोधन गर्दै नेपाली कांग्रेस दाङका जिल्ला सदस्य सुरेन्द्रबहादुर खड्काले भवन निर्माण सुरु भएसंगै अस्थायीलाई स्थायी बनाउन सहज हुने बताए ।

कार्यक्रममा नेकपाका सुरवीर वलीले भवन निर्माणदेखि अन्य सहयोगमा आफूहरु हातेमालो गर्न तयार रहेको बताए ।

जिल्ला ट्राफिक प्रमुख थम्मन जिसीले प्रहरीहरु जनताको आवश्यकता र माग अनुसार बस्ने हुँदा जनताको सहभागितामा बिना भौतिक विकास गर्न संभव नभएको बताए ।

जनताको माग वमोजिम कुनै दिन प्रकृया पूरा गरि ट्राफिक प्रहरी पोष्टलाई स्थायी गरिने विश्वाश व्यक्त गरे ।

तुलसीपुर वडा नं. ४ का वडासदस्य जयबहादुर गिरीले वडामा छलफल गरी सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

भवन निर्माण समितिका अध्यक्ष पदमबहादुर खड्काको अध्यक्षता र वडा नं। ४ का वडासदस्य जयबहादुर गिरीको प्रमुख आतिथ्यतामा सोमबार भवनको शिलन्यास गरिएको हो ।

भवन वनाउन कस्ले कति सहयोग गरे ?

ट्राफिक प्रहरीको भवन निर्माण गर्न स्थानीय खुमबहादुर खत्रीले १३ हजार ५ रुपैंया, धुर्व गौतमले ११ हजार १ सय ११, शंकर केसीले ११ हजार १ सय ५, रामबहादुर जिसीले ११ हजार ५ सय ५ , सुरविर वलीले १० हजार , सुरेन्द्र गिरीले १० हजार, सार्वजनिक कालिका मालिका अटो समितिले ५ हजार १ सय रुपैंया आर्थिक सहयोग गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७७ फाल्गुन २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *