घोराही, फागुन ४ । प्रहरीले अवैध वन पैदवार फरार एक जना प्रतिवादीलाई समेत पक्राउ गरेको छ ।
दाङ देउखुरी जिल्ला अदालतबाट २०७१ साल असार १२ गते वन पैदवार ओसारपसार मुद्धामा १४ दिन कैद र २९ हजार चार सय नगद जरिवाना तोकिएका घोराही उपमहानरपािलका–३ लक्ष्मीपुर निवासी विशाल विकलाई पक्राउ गरेको छ ।
अदालतको आदेशपछि फरार रहेका विकलाई गोग्ली प्रहरीले सोमवार पक्राउ गरेको थियो ।
उनलाई जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।
प्रहरीले यसआर्थिक बर्षको हालसम्म जिल्ला अदालतको फैसल्लापछि फरार रहेका ४८ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ फाल्गुन ४ गते मङ्गलवार