तुलसीपुर,माघ ३० । पानी नै जीवन भएकाले आम नागरिकले स्वच्छ र गुणस्तरिय पानी खान पाउनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको शुक्रवार भएको १६औँ साधारण सभा तथा ११औँ अधिवेशन कार्यक्रममा बोल्ने बक्ताहरुले त्यस्तो बताएका हुन ।
उनीहरुले गुणस्तरिय पानी आपूर्तिमा ध्यान दिन जरुरी रहेको बताए । संस्थाका अध्यक्ष खेमराज वलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य जगप्रसाद शर्मा (अपार)ले गुणस्तरीय पानी व्यवस्थापन नीति अहिलेको आवश्यकता भएको बताए ।जनताको भबिस्य संग प्रत्यक्ष जोडिएको खानेपानी संस्थाले नागरिकलाई शुद्ध पानी खुवाउनु पर्ने उनको जोड थियो ।
कार्यक्रममा तुलसीपुरका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर खानेपानी संस्थाले स्थानीय सरकारसँग सहकार्य गर्दै उपभोक्ताहरुलाई खानेपानी सेवा प्रदानमा महत्पूर्ण भूमिका खेल्दै आएको बताए । संस्थाले विगत लामो समयदेखि ऐतिहासिक काम गर्दै आएको बताउदैँ पाण्डेले खानेपानीको विकासका लागि निरन्तर रुपमा लाग्न आग्रह गरे ।
उनले खानेपानीका योजना लिएर आएमा उपमहानगरपालिकाले सेवा प्रवाहमा सहयोग गर्ने आश्वासन दिए ।त्यस्तै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका प्रमुख गुणनिधि पोखरेलले लुम्बिनी प्रदेश सरकारले एकघर, एकधारा,एक विद्युत योजनालाई निरन्तरता दिदै बजेट विनियोजन गरिरहेको बताए ।
सो अवसरमा संस्थाका पूर्व अध्यक्ष पूर्व अध्यक्ष बलदेव मल्ल,ग्रामिण खानेपानी कोष विकास समितिका कार्यकारी निर्देशक चोपप्रसाद धिताल, बेल्झुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष प्रदीप गौतम, नारायणपुर खानेपानीका अध्यक्ष कुलप्रसाद रजौरे,नेपाल पत्रकार महासघं दाङका सहसचिव सर्मिला डिसी, रफिकोलका विनोद पन्त, नेकपा मसाल दाङका प्रवक्ता भरत भण्डारी, नेपाल कम्नियुष्ट पार्टी क्रान्तिकारीका समिर वली, नेपाली कांग्रेसकी नेतृ सुशिला सुवेदी, उपभोक्ता प्रमोद न्यौपाने,समाजवादी दलका जीवन भण्डारी, छोटी लाल थारु लगाएतले तुलसीपुर क्षेत्रका ८ हजार बढी उपभोक्ताहरुले शुद्ध रूपमा खाने पानी खान पाउनुपर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष सीताराम शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव मनोज लामिछानेले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष गिरीधारीप्रसाद पौडलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव मनोज लामिछानेले गरेका थिए ।