२०८२ असार ३० गते मङ्गलवार

तितिर बितिर भएका ब्यापारीलाई एक ठाउँमा ल्याउन मेरो उम्मेदवारी हो – हिमाल बस्नेत

तुलसीपुर,माघ २६ । नेपाली काँग्रेसले तुलसीपुर उद्योग बाणिज्य संघमा नेतृत्व गर्न उम्मेदवार बनाएका टेकनप्रशाद बस्नेत (हिमाल)ले तितिरबितिर अवस्थामा रहेका ब्यापारीलाई एक ठाउँमा ल्याउनका लागि आफुले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् ।

सोमबार तुलसीपुरमा नेपाल प्रेस यूनियनमा आवद्ध पत्रकारहरु संगको छलफलमा पूर्व अध्यक्ष समेत रहेका बस्नेतले बाणिज्य संघमा उत्पन्न असहज परिस्थितिको अन्त्य गरि ब्यापारीक एकताको लागि आफुले उम्मेदवारी दिएको बताए । ‘अहिले संघमा चरम गुटबन्दी छ त्यो अन्त्यगरि ब्यबसायिक एकताको लागि मेरो उम्मेदवारी हो,’ बस्नेतले भने ‘मेरो बुवाले स्थापना गरेको संस्थालाई म थप परिस्कृत गर्ने अभियानमा लाग्ने छु।’

यसअघि आफ्नो कार्यकालमा मेला महोत्सब लगाएर बाणिज्य संघको आर्थिक जग मजबुत पारेको र भबिश्यमा पनि संघको बिकाशमा खटिने उनले प्रतिबद्धता जाहेर गरे । तुलसीपुरको बिकाशको लागि संघको तर्फबाट संभब हुने सम्मका सबै कामहरु आफुले गर्ने उनले बताए ।

प्रकाशित मिति : २०७७ माघ २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *