२०८१ बैशाख १९ गते बुधवार

अब फेरि देउवा प्रधानमन्त्री हुन्छन् – बाबुराम भट्टराई


काठमाडौं, माघ २ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अब फेरि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने बताएका छन् । शुक्रबार गृहजिल्ला गोरखामा पुगेका डा. भट्टराईले फेरि पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने निश्चित जस्तै रहेको बताएका हुन ।

प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालसमेत रिङआउट भइसकेको हुँदा फेरि काँग्रेस सभापति देउवा नै प्रधानमन्त्री हुने अवस्था उत्पन्न भएको उनले तर्क गरे । ‘ अब कांग्रेसको हातमा सत्ता जाने निश्चित जस्तै भइसकेको छ,’ भट्टराईले भने ‘फेरि काँग्रेस सभापति देउवा प्रधानमन्त्री हुने अवस्था आइसकेको छ ।’

पत्रकारहरु संग कुरा गर्दै डा. भट्टराईले प्रतिनिधि सभा विघटन गरेर ओलीले ठूलो अपराध गरेको भन्दै अदालतको फैसलाले ओलीलाई रिङआउट गर्ने दाबी समेत गरे ।

प्रकाशित मिति : २०७७ माघ २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *